kumari
stcnepal

संसद सचिवालयका सचिव घिमिरेले दिए राजिनामा

काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा दिएका छन् । सचिव घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमलाई राजीनामा पत्र बुझाएका हुन् । उनको अवकाश हुने समय अझै ९ महिना बाँकी थियो ।

उक्त पत्र बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ । घिमिरेले राजीनाका पछाडि घरायसी काममा समय दिनुपर्ने विषयलाई अगाडि सारेका छन् ।

footer