२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बजेट नल्याउने ८ स्थानीय तहलाई मन्त्रालयले पठायो फेरी ताकेता पत्र

858
shares

काठमाडौं ।चालू आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि ८ स्थानीय तहले बजेट ल्याएका छैनन् । ती स्थानीय तहलाई बजेट ल्याउन सरकारले ताकेता गरेको छ । बजेट नल्याउने पालिकामा सिरहाको औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाको नगराइन नगरपालिका र कमला नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका र बौधीमाई नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका र बाँकेको डुडुवा गाउँपालिका छन् ।

सचिवस्तरीय निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी स्थानीय तहलाई ताकेता गरेको हो । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार मन्त्रालयले पत्र पठाउँदै बजेटबारे जानकारी गराउन भनेको छ । बजेट नल्याउने पालिका बारे विभिन्न निकायबाट चासो भई आएको पनि उनले बताए ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न नियमनकारी निकाय बाट गत आर्थिक वर्षको बजेट हालसम्म पारित नगरेका विषयमा सोधनी भई आएकाले नेपालको संविधान, स्थानीय तहलाई प्राप्त अधिकार तथा प्रचलित कानूनको पूर्ण पालना गरी जनतालाई प्रदान गरिने सेवा प्रवाहमा सुशासन कायम गर्न गराउन हुन मङ्सिर २८ गतेको सचिवस्तरीय निर्णयअनुसार अनुरोध छ’, मन्त्रालयको परिपत्रमा भनिएको छ ।

बजेट पारित नगरेपछि यी स्थानीय तह विरुद्ध उजुरी समेत परेको छ । मधेस प्रदेशका सात र लुम्बिनी प्रदेशको एक स्थानीय तहले आफ्नो वार्षिक बजेट मन्त्रालयको प्रणालीमा प्रविष्ट गरेको देखिँदैन । यद्यपि, त्यस्ता पालिका मध्ये सिरहाको औरही गाउँपालिका तथा कर्जन्हा नगरपालिकाका र रौतहटको यमुनामाई गाउँपालिकाले बजेट ल्याइसकेको जनाएका छन् ।यी पालिकाको वार्षिक बजेट गाउँसभा बाट पारित भइसकेको भए पनि मन्त्रालयको प्रणालीमा भने अझै पनि प्रविष्ट भइनसकेको जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports