सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आगामी नेतृत्व हत्याउने खेल अहिले देखि सुरु ओली, दाहाल र नेपाल पक्षका गुटैगुट

403
shares

काठमाडौ । करिब ८ महिनाअघि एकीकरण भएको तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको नेकपाको तल्लो तहको पार्टी कमिटीलाई एकता गराउन गठन गरिएको कार्यदलले एकताको खाकासमेत तयार पार्न सकेको छैन । तल्लो तहको कमिटीलाई एकता गर्न विभिन्न कमिटीहरु गठन गरिएपनि दलगत स्वार्थले गर्दा र व्यक्तिगत स्वार्थले गर्दा पछिल्लो पटक गठन गरिएको ९ सदस्यीय कार्यदलले समेत एकताको ठोस खाका तयार पार्न सकेको छैन । केन्द्रीय नेताहरुको कार्य विभाजनको प्रस्ताव तयार पार्न १० दिनको समयसीमा दिएर कमिटी गठन गरिएको भए २५ दिन वितिसक्दापनि प्रस्ताव तयार भएको छैन । पछिल्ला दिनहरुमा त कार्यदलको बैठकसम्म बस्न सकेको छैन । एकताको प्रक्रिया कसरी टुँग्याउने भन्ने विषयमा कार्यदलमा रहेका सदस्यहरु नै एकमत हुन सकेका छैनन् । कार्यदलको संयोजकमा गृहमन्त्री रामबहादुर थापा रहेका छन् ।


नेपाल कम्युनिष्ट पार्टीमा बाहिरै देखिने गरी तीन गुट रहेका छन् भने अन्य नेताहरुका समेत गुट उपगुट रहेकाछन् । नेकपाको आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिका साथ तीन गुटले आ आफ्नै ढँगले काम अघि बढाउँदै आएका छन् । तीन गुटको नेतृत्व पार्टी अध्यक्ष केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले गरिरहेका छन् । ती गुटभन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई आफ्नो गुटमा समेट्न चाहिरहेका छन् । बढी भन्दा बढी नेता तथा कार्यकर्तालाई आ आफ्नो गुटमा सामेल गराउन सके आगामी महाधिवेशनमा नेतृत्व हत्याउन सकिने भएकाले पनि एकताको प्रक्रिया अघि बढ्न सकिरहेको छैन । पार्टी अध्यक्ष ओली सचिवालय प्रदेश कमिटीको निर्णय गरी सकेकाले त्यसलाई हुबहु कार्यान्वयनमा लैजान चाहिरहेका छन् । दोहोरो कार्यकारी जिम्मेवारी नदिने सचिवालयको निर्णयलाई समेत उल्टाएर प्रदेश नं. ५ र गण्डकी प्रदेशमा ओली पक्षले मुख्यमन्त्रीसमेत रहेका नेतालाई पार्टी प्रदेशको इन्चार्ज बनाएका छन् । त्यसमा ओली हलचल गर्ने पक्षमा देखिएका छैनन् ।


माधव नेपाल पक्षले भने दोहोरो कार्यकारी जिम्मेवारी दिन नहुने भन्दै फरक मत राख्दै आएका छन् । माधव नेपालले नै त्यस पक्षको नेतृत्व गर्दे आएका छन् । नेपाल पक्षले प्रदेश कमिटी सदस्यहरुमा समेत असहमति जनाउँदै आएको छ । त्यसमा पुनविचार गर्नुपर्ने माग नेपाल पक्षले गरेका छन् । नेकपाको विधानमा प्रदेश कमिटी सदस्य बन्न पार्टी सदस्य भएको आठ वर्ष हुनुपर्ने व्यवस्था भएपनि त्यसलाई उल्लंघन गरिएको नेपाल पक्षको भनाई रहेको छ । अन्य पार्टीबाट प्रवेश गरेकाहरुलाई मनोनितको विशेष व्यवस्था गरेमात्र नियुक्ति गर्नुपर्ने माग अघि सार्दै आएको छ भने ओली पक्षले विशिष्ठ परिस्थितिमा प्रदेश कमिटी चयन भएकाले र प्रदेश कमिटीको बैठक समेत बसी सकेकाले त्यसमा पुर्नविचार हुन नसक्ने अडान लिएको छ । त्यसै विषयमा विवाद बढेपछि कार्यदल संयोजक थापा र महासचिव विष्णु पौडेलले अध्यक्षद्वयसँग परामर्श गर्नुपर्ने भन्दै बैठक स्थगित गर्दै आएका छन् । ओली पक्षले टुँगिसकेका नाममा विवाद नगर्न निर्देशन दिएको छ । तर नेपाल पक्षले त्यसमा असहमति जनाएपछि विधान नै संशोधन गरी कमिटीको आकार बढाउने गरी कार्यदलले प्रस्ताव तयार गरिरहेको छ । यस विषयमा ओली र पुष्पकमल दाहालसमेत सहमत भएका छन् ।


यस विषयमा दाहाल पक्षको पनि स्वार्थ लुकेको छ । दाहाल पक्षले पहिला नै एकताको क्रममा आफ्नो जम्बो पोलिटव्यूरो सदस्यलाई प्रदेश कमिटीमा समावेश गर्ने नीति लिएको भएपनि त्यसो नहुँदा धेरै नेताहरु छुटेका छन् । प्रदेश कमिटीमा १० प्रतिशतसम्म सदस्यहरु थप गर्न सकिने बताएपछि दाहालले त्यसमा आफ्ना पक्षबाट पनि केही थपिने आसमा दाहाल रहेका छन् । कार्यदलले निश्चित समय काम गर्न नसकेको केही नेताहरुले त्यसमा आशंका समेत जनाएका छन् । यसरी एकीकरण भएको एक वर्ष नपुग्दै नेकपाभित्र असन्तोषका स्वरहरु सुनिँदै आएको र पार्टीभित्र गुट र उपगुट सक्रिय भएकाले नेकपाभित्रको असन्तोषको भुसको आगो विस्तारै सडकमै छताछुल्ल हुन सक्ने सम्भावना समेत बढेको छ । नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालले त एकीकरणको खाका तयार गर्न बनेको कार्यादललाई प्रधानमन्त्रीबाट सहयोग नै नभएको आरोप समेत लगाउँदै आएका छन् ।


कार्यदलमा रहेकाहरुमध्ये ओली पक्षमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल र रघुवीर महासेठ रहेका छन् भने दाहाल पक्षमा सचिवालय सदस्य एवं कार्यादल संयोजक रामबहादुर थापा, वर्षामान पुन र लेखराज भट्ट रहेका छन् भने माधव नेपाल पक्षमा सरेन्द्र पाण्डे, योगेश भट्टराई र बेदुराम भुसाल रहेका छन् । कार्यदलमा तत्कालिन नेकपा एमालेका ६ जना र माओवादी केन्द्रका तीनजना मात्र रहेका हुनाले पनि कार्यदलले काम गर्न सकिरहेको छैन । कार्यदलले काम गर्न नसकेको बताएपनि आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने खल अहिलेबाटै ओली, दाहाल र नेपालले सुरु गरिरहेका हुनाले त्यसको असर कार्यदलमा समेत परेको नेताहरुले बताउँदै आएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports