भोली अध्यादेश फिर्ता हुने, मन्त्रिपरिषद् विस्तार पनि
वि.सं.२०७८ असोज १० आइतवार १३:४९
shares

काठमाडौ । आज वसेको सत्तारुढ पाँच दलिय गठवन्धनको बैठकले भोली सम्ममा दल विभाजन सम्वन्धी अध्यादेश फिर्ता गरेर तत्काल मन्त्रिपरिषद् विस्तार गर्न निर्णय गरेको छ । प्रधानमन्त्री शेरवहादुर देउवा सरकारले नेकपा एमाले र जनता समाजवादी पार्टीलाई विभाजन गर्न सहजहोस् भनेर पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा कम्तिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याए पछि त्यही अध्यादेशका आधारमा नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भएका र माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ता गरी निर्वाचन आयोगवाट दल दर्ताको प्रमाण पत्र समेत पाईसकेका छन् ।
नेकपा एमाले आफूले माधव नेपाल सहितका १४ सांसदलाई कारवाही गरी सासद पद रिक्तको लागि ससद सचिवालयमा पत्र पठाएकोमा सभामुख अग्नी प्रसाद सापकोटाले त्यस्तो पत्रलाई वेवास्ता गरेका थिए भने निर्वाचन आयोगले समेत नेकपा एमालेले कारवाही गरेका माधव नेपाल सहितका सासदहरु लाई सनाखत गराएर दल दर्ता गरी दिएकोमा त्यस्का विरुद्ध एमालेका अध्यक्ष केपी ओली सर्वोच्च अदालतमा रिट लिएर गएका भए पनि सर्वोच्च अदालतले अन्तरीम आदेश नदिई सरकार र संसद सचिवालयका नाममा कारण देखाउ आदेश जारी गरेपछि माधव नेपाल र जनता समाजवादी पार्टी सरकारमा जान तयार भएका हुन् ।
उनीहरुले अध्यादेश फिर्ता लिन देउवा सरकारलाई दवाव दिईरहेकोमा देउवा सरकारले भोली सम्ममा अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषदलाई पूर्णता दिन सक्ने सम्भावना रहेको बैठकमा सहभागी भएका एक नेताले बताएका छन् ।































