नेउपाने र खनालले अवकास पाउदै
वि.सं.२०७८ असोज १० आइतवार १४:४८
shares

काठमाडौँ । नेपाल सरकारका दुई सचिवले उमेर हदका कारण यहि साता अनिर्वाय अवकास पाउने भएका छन् । अवकास पाउनेहरुमा युवा तथा खेलकुद मन्त्रालयका कार्यरत केदार नेउपाने तथा नेपाल ट्रष्टको कार्यलयमा कार्यरत राजेन्द्र कुमार खनाल रहेका छन् ।
रिक्त हुने पदमा बढुवाको लागि लोक सेवा आयोगले तयारी थालेको छ । लोक सेवा आयोगले वरिष्ठका आधारमा एक बरावर तिन जनाको सहसचिवको नाम नेपाल सरकारलाई सिफारिस गर्ने भएकाले ६ जना वरिष्ठ सहसचिवको नाम सिफरिस गरेपछि तिनै सहसचिवहरु मध्ये नेपाल सरकारले दुई जनालाई सचिवमा बढुवा गर्ने प्रावधान रहेको छ ।































