प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ब्रिटिश काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने ए–लेभलका विद्यार्थीहरुको माग

585
shares

काठमाडौं । ए–लेभलका विद्यार्थीहरुले ब्रिटिश काउन्सिलले २ महिना लामो परीक्षा वैकल्पिक माध्यमबाट लिनुपर्ने माग गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले कोरोना भाइरसको त्रास र नजिकिदै गरेको चाडवाडको कारण वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै ए–लेभलका विद्यार्थी सुराजन रिजालले यदिभौतिक रुपमा परीक्षा लिने हो भने ब्रिटिश काउन्सिल वा सरकारले विद्यार्थीहरुको जिम्मेवारी लिनुपर्ने बताए । उनले भने,‘वैकल्पिक माध्यमबाट परीक्षा लिन माग गर्दा ब्रिटिश काउन्सिलले कसैको ग्यारेन्टी लिन नसक्ने जवाफदियो ।’ कोरोना भाइरसको डर र नजिकिदै गरेको चाडबाडको कारण पनि भौतिक रुपमा परीक्षा दिन सहजनहुने उनको भनाई थियो ।

उनले २ महिनाको लामो अन्तरालमा विद्यार्थीले निर्धक्क भएर परीक्षा दिन पाउनु पर्ने सरकारसँग माग राखे । सरकारले विद्यार्थीलाई प्रवेशपत्रको आधारमा कोरोना खोप लगाउने व्यवस्था गरेपनि अहिले सम्म सबै साथीहरुले प्रवेश पत्र नै नपाएको बताए ।
उनले भने,‘ब्रिटिश काउन्सिलले विद्यार्थीलाई कोरोना लागे के गर्नु हुन्छ भनेर सोध्दा उल्टै पैसा सबै फिर्ता दिन्छु भन्यो ।’ ब्रिटिश काउन्सिलको गैह्र जिम्मेवारीपनले विद्यार्थीहरु थप मानसिक तनावमा परेको समेत बताए ।

कार्यक्रममा ए–लेभलकी छात्रा आभा गौतमले क्याब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिने भन्दै गर्दा पनि ब्रिटिश काउन्सिलले चासो नदिएको आरोप लगाइन् । उनले भनिन्, ‘ब्रिटिस काउन्सिलले आफुहरुलाई कन्सिडर गर्छौ तर पुरै जिम्मेवारी लिन नसक्ने जवाफदियो ।’ बताइन् । २ महिना लामो परीक्षा दिन विद्यार्थीहरुलाई धेरै नै जोखिम भएको सुनाइन् । उनले सरकारले ब्रिटिश काउन्सिललाई सम्झाउन दिन समेत आग्रह गरिन् ।

अर्का विद्यार्थी दिपेश बास्कोटाले कार्यक्रममा विद्यार्थीहरुलाई कोरोना खोपको व्यवस्थान भएकोले भौतिक परीक्षा रोक्न माग गरे । उनले भने,‘हाम्रा धेरै साथीहरु १८ वर्ष नपुेको कारणले कोरोना विरुद्धको खोप लगाउनबाट बन्चित भएका छन् ।’ यदि परीक्षा यही समयमा लिनै पर्ने हो भने सरकारले जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो । क्याम्ब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिने हुँदा ब्रिटिश काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने उनको माग छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports