kumari
stcnepal

फुटपाथ व्यवसायीले शहर अस्तव्यस्त, महानगरको ध्यान कता ?

 

काठमाडौँ । देशैभरका हरेक जिल्लाको सदरमुकाम र उपत्यकाभित्रै कै चोक चोक ,गल्ली साँझ परेपछि फुटपाथ र विहान व्यापारले भरिपुर्ण हुन्छन् । सडकपेटी भरि फुटपाथ व्यापार सञ्चालनमा छन् । अझै काठमाडौ, भक्तपुर र ललितपुरको फुटपाथहरुमा त पाइला राख्ने ठाँउसमेत हुदैन् ।
जथाभावी रुपमा सञ्चालन गरिएका फुटपाथ हेदै कुरुप देखिन्छन् । फुटपाथ व्यवसायले शहरको सुन्दरतामा ह्रास ल्याइदिएको छ । फुटपाथ व्यवसायीले पुरै उपत्यका नै अस्तव्यस्त बनाइदिएको छ । तरकारी, कपडा, खेलौना, भाँडाकुडाँ जस्ता सामानहरु फुटपाथमा जथाभावी बेच्न राखिएका छन् ।
मानिस हिड्ने ठाउामा सबै सामान राखेर बसेका हुन्छन्, र त्यहा हिड्दा उनीहरुको सामान किल्चियो भने उनीहरु नै ठूला कुरा गर्छन् आखाँ देखेन भन्छन् । जानी जानी मान्छे हिड्ने बाटोमा सामान ल्याएर राख्छन् ।अनि उनीहरु कै ठुला कुरा हुन्छन् ।  महानगर प्रहरीले के हेर्छ त ? फुटपाथमा पसल राख्ने व्यापारीलाई महानगरीय प्रहरी देखेपनि नदेखेको जस्तो गरेर बसेको छ ।

महानगरपालिकाको पृुलस, ट्राफिक पुलिस यिनीहरुले फुटपाथ पसल हटाउनुपर्छ भन्ने सोचाइ छैन् । फुटपाथमा पसल राख्नेसंग व्यक्तिगत फाइदा लिदै फुटपाथ पसलहरुसंग गफ गरेर बसेको प्रस्टै देखिन्छ । महानगरपालिकाबाट खटिएको प्रहरीहरुललाई दिनभरि गफ गरेर बस्दै ठिक्क हुन्छ । कोरोनाको जोखिम घटेको छैन । उपत्यकाका चोकचोकमा मेला लागे जत्तिकै छ । फुटपाथ व्यापारीहरुले कुनै पनि स्वास्थ्य मापदण्डको पालना गरेको छैन । न त भौतिक दुरी कै पालना भएको छ । न त कुनै पनि फुटपाथ व्यवसायीको मुखमा मास्क छ

footer