तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच दलको विरुद्ध एमाले एक्लै काफी छ : विष्ट

546
shares

 

काठमाडौँ । एमाले सचिव गोकर्ण विष्टले सत्तारुढ पाँच दलीय गठबन्धनका लागि एमाले एक्लै काफी रहेको उदघोष गरेका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनको बृहत केन्द्रीय भेलालाई आज सम्बोधन गर्दै सचिव बिष्टले एमालेसँग एक्लै लडन सक्ने सामथ्र्य कसैसँग नभएकै कारण गठबन्धन बनाएको तथ्य जनताले बुझिसकेको बताउनु भएको छ ।

सचिव बिष्टले नेपालको राजनीतिमा एमाले अग्लो रुख र अरु साना तिना भएको ठोकुवा पनि गर्नुभयो ।‘नेपालको राजनीतिमा एमाले जंगलको अग्लो रुखजस्तै हो । कहिले आँधी, कहिले हुरी आउने गर्छ । तर निरन्तर अडिग हुन्छ,’ बिष्टले भन्नुभयो । उहाँले जो बलियो हुन्छ त्यसैविरुद्ध गठबन्धन हुने भन्दै ५ दलीय गठबन्धनका लागि एमाले एक्लै भारी रहेको बिभिन्न तथ्य राख्नुभयो । ‘एमाले प्रकाशको ताप हो । एक्लै काफी छ । लड्ने सामथ्र्य राख्छ । विजय प्राप्त गर्दछ । एमाले यो विश्वासका साथ अघि बढिरहेको छ,’ बिष्टको भनाई छ ।

उहाँले प्रचण्ड र माधवको कारण कम्युनिस्ट आन्दोलनमा कही नभएको जात्रा हाडी गाउँमा देखिएको पनि बताउनु भयो ।केपी ओली सरकारको पालामा दल विभाजन सम्बन्धी अध्यादेश आउँदा अस्थिरता पैदा गर्छ भनेर ४० प्रतिशतले दल फुटाउने अध्यादेश ल्याउँदा विरोध गर्ने माधव र झलनाल खनालले कांग्रेस र माओवादीसँग मिलेर कम्युनिष्ठ आन्दोलन, एमाले कमजोर पार्न, ४० होइन २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक र नैतिक हिसाबले पनि बेठिक भएको पनि बिष्टको आरोप थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports