तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कर्मचारी संगठनको भवन दुवै पक्षको दावी

507
shares

काठमाडौँ । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि त्यस्को प्रत्यक्ष असर उस्का भातृ संगठनहरुमा समेत परेको छ । जस्को मार नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठनमा परेको छ । कर्मचारी संगठन पनि विभाजित भएपछि संगठनको कार्यालय भवन तथा सम्पति दुवै पक्षले दावी गरी रहेका छन्। भवन कव्जा गर्ने नाममा दुई पक्ष वीचमा भिडन्त समेत भएको छ ।

बबरमहल स्थिति संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आ आफ्ना भनि दावी गरीरहेको छन् । उक्त भवन असोज ४ गते देखि प्रहरीले ताला लगाएको छ । भवन कव्जा गर्न असोज ४ गते नै दुवैपक्ष विचमा झडप भएपछि प्रहरीलै भवनमा ताला लगाएको र भिडन्तमा उत्रिएका कर्मचारीहरुलाई प्रहरीले केही वेर नियन्त्रणमा लिएर पछि रिहा गरेको थियो । २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहेका बेला सरकारले निजामति कर्मचारीलाई भवन वनाउन ववरमहलमा १४ आना जग्गा भोगाधिकारका लागि दिएको थियो । त्यसवेला सरकारले नेपाली काग्रेस, माआवादी केन्द्रका र मधेश दल निकट गरी चारवटा कर्मचारी संगठनलाई एक एक रोपनी जग्गा भोगाधिकारका लागि उपलव्ध गराउने निर्णय गरेको थियो, सोही निर्णयका आधारमा नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले पाएको जग्गामा उनीहरुले भवन निर्माण गरेका थिए ।

अहिले नेकपा एमाले विभाजन भएर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएकोले गर्दा समाजवादी पार्टी तर्फ लागेका कर्मचारीहरुले उक्त भवन आफ्नो भएको दावी गरेका छन् । त्यसवेला नेकपा एमाले नजिकको कर्मचारी संगठनलाई १४ आना र अरुलाई एक एक रोपनी जग्गाका भोगाधिकार दिएको थियो । सरकारले उपलव्ध गराएको जग्गामा तत्कालीन प्रधानमन्त्री भलनाथ खनालले भवन निर्माणको शिलन्यास २०६७ सालमै गरेका थिए भने भवनको निर्माण कार्य सम्पन्न भएपछि २०७३ सालमा तत्कालीन प्रधानमन्त्री माधव नेपालले उद्घाटन गरेका थिए । संगठन विभाजन भएपछि दुवै पक्षले एकले अर्कोलाई गुण्डा गर्दी शैलीमा भवन कव्जा गर्न खोजेको आरोप लगाउदै आएका छन् ।

भवनमा ताला लगाएपछि एमाले निकट कर्मचारीहरुले प्रधानमन्त्री तथा मुख्य सचिवालयलाई ज्ञापनपत्र बुझाई ताला खुलाउन माग गरेका छन् । ७७ वटै जिल्लाका कर्मचारी संगठनहरुले प्रमुख जिल्लाअधिकारी मार्फत ज्ञापनपत्र वुझाएका भएपनि माधव नेपाल सरकारी पक्ष भएकाले समाजवादी पार्टी समर्थक कर्मचारीहरुले उक्त भवन आफुहरुले लिएरै छोड्ने उदघोष गरेका हुनाले दुवै पक्षबीच भिडन्त हुन सक्ने सम्भावना रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports