विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कालोधनले राष्ट्र कालो सूचीमा पर्ने खतरा

936
shares

 

काठमाडौं । कालोधन लगानी गरेर उद्योग सञ्चालन गरे “ठूला लगानीको आयस्रोत नखोज्ने” सरकारी निर्णय यतिबेला चर्चामा छ । कालो त कालो नै हुन्छ । कालोधन भनेको भ्रष्टाचार र अनियमितता गरिएको धन हो ।

जनता र राष्ट्रलाई ठगेको धन हो । यस्तो धन कर्मचारीदेखि नेता, व्यवसायी देखि कूटनीतिमा लागेका व्यक्तिहरुको समेत भएको चर्चा बाक्लिएको छ । यी काला धनवालाको हितका लागि कालोधन सेतो बनाउन लगानी गरे आयास्रोत नखोज्ने नीति लिइएको देखिन्छ ।

आगामी चुनावमा यस्ता काला व्यापारीबाट चन्दा लिनकै लागि कालोधन सेता बनाउने अवसर दिएकोमा शंका छैन ।विश्लेषकहरु भन्छन्– यसरी कालोधन सेता बनाउने अवसर दिने हो भने शासन प्रशासनमा भ्रष्टाचार अरु बढ्नेछ । कारवाही गर्नुको साटो कालोधनलाई स्वीकार गर्ने राष्ट्रिय नीतिका कारण अन्तर्राष्ट्रिय जगतले नेपाललाई कालो सूचीमा राख्ने खतरा बढेर गएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports