kumari
stcnepal

कालोधनले राष्ट्र कालो सूचीमा पर्ने खतरा

 

काठमाडौं । कालोधन लगानी गरेर उद्योग सञ्चालन गरे “ठूला लगानीको आयस्रोत नखोज्ने” सरकारी निर्णय यतिबेला चर्चामा छ । कालो त कालो नै हुन्छ । कालोधन भनेको भ्रष्टाचार र अनियमितता गरिएको धन हो ।

जनता र राष्ट्रलाई ठगेको धन हो । यस्तो धन कर्मचारीदेखि नेता, व्यवसायी देखि कूटनीतिमा लागेका व्यक्तिहरुको समेत भएको चर्चा बाक्लिएको छ । यी काला धनवालाको हितका लागि कालोधन सेतो बनाउन लगानी गरे आयास्रोत नखोज्ने नीति लिइएको देखिन्छ ।

आगामी चुनावमा यस्ता काला व्यापारीबाट चन्दा लिनकै लागि कालोधन सेता बनाउने अवसर दिएकोमा शंका छैन ।विश्लेषकहरु भन्छन्– यसरी कालोधन सेता बनाउने अवसर दिने हो भने शासन प्रशासनमा भ्रष्टाचार अरु बढ्नेछ । कारवाही गर्नुको साटो कालोधनलाई स्वीकार गर्ने राष्ट्रिय नीतिका कारण अन्तर्राष्ट्रिय जगतले नेपाललाई कालो सूचीमा राख्ने खतरा बढेर गएको छ ।

footer