विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य युयान च्याच्युन नेपाल आउँदै

832
shares

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।

नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते बिहान ११ बजे छिमेकी मित्र रास्ट्र जन गणतन्त्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य युयान च्याच्युन नेपाल आउन लागेका हुन् । च्या २५ सदस्यीय टोलीसहित महत्वपूर्ण राजनीतिक भेटवार्ताका लागि नेपाल आउँदैछन । च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख याेया (सरला) नेपाल आइसकेकी छिन् । चिनियाँ विदेश विभागकी कुटनीतिज्ञले आफनो नेपाली नाम सरला राखेकी छन् ।

शनिवार नेपाल आइपुगेकी सरलाले च्याच्युनको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेकी छिन् । च्याच्युनले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटघाट गर्ने बताइएको छ । नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports