सबै कम्युनिष्टहरु एकै ठाउँमा उभिनु भ्यागुताको धार्नी
वि.सं.२०८० साउन ११ बिहीवार १९:१७
shares

काठमाडौ । नेपालका कम्युनिष्टहरु एकै ठाउँमा बस्न सक्ने सम्भावना कहिल्यै देखिएको छैन । कम्युनिष्टहरु विभाजित हुने क्रम अहिलेसम्म जारी रहेको छ । त्यसको एउटै कारण हो पार्टी अध्यक्ष बन्ने रहन र स–साना पसल चलाएरै भएपनि आफू नेता बनिरहने रहर ।
कम्युनिष्ट नेताहरु समेत भ्रष्टाचारमा लिप्त भएका नेपालमा धेरै उदाहरण रहेका छन् । अहिले सत्ता गठबन्धनमा रहेका र सत्ता गठबन्धन बाहिर रहेका कम्युनिष्ट पार्टीका नेताहरुमाथि भ्रष्टाचार गरेको आरोप लागि रहेको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि उनी प्रधानमन्त्री रहेको बेला ललिता निवास जग्गा काण्डमा नीतिगत निर्णय गरी भ्रष्टाचार गेको आरोप लागि रहेको छ । त्यसैले उनले सो आरोपबाट मुक्त हुन कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने बताउँदै आएका छन् ।
नेपालमा अहिले करिब २०÷२२ वटा कम्युनिष्ट नामधारी पार्टी रहेका छन् । कम्युनिष्ट पार्टीका नेताहरु पटक पटक प्रधानमन्त्री भएपनि उनीहरुले जनताको पक्षमा काम गर्नुको बदला जसरी हुन्छ सत्तामा टिकिरहने रणनीति मात्र लिएको विगतले देखाएको र अहिले पनि त्यस्तै देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीन पटक प्रधानमन्त्री भईसकेका भएपनि विगतको उनको प्रधानमन्त्री कार्यकाल विवादमुक्त रहन सकेन ।
नेपालमा कम्युनिष्टहरु प्रधानमन्त्री बनेका मनमोहन अधिकारी मात्र विवादको घेरामा परेनन् भने एमालेका अध्यक्ष केपी ओलीले भने जनताको पक्षमा केही राम्रा काम गरेका थिए । कम्युनिष्ट नेताहरुलाई नेता बन्ने रहर चल्यो भने तत्काल पार्टी विभाजन गरिहाल्ने परम्परा अहिले नेपालमा कायम भएकाले जनताले कम्युनिष्ट पार्टीहरु मध्येका नेकपा एमाले बाहेक अरुलाई खासै महत्व दिएका छैनन् ।
पछिल्लो सयममा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी र नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले समाजवादी मोर्चा गठन गरेका भएपनि त्यस्तो मोर्चाप्रति जनताको ध्यान गएको छैन । समाजवादी मोर्चा सत्ता स्वार्थको लागि मात्र गठन गरिएको र त्यही मोर्चालाई देखाएर माधव नेपाल सहितका अन्य नेताहरु प्रधानमन्त्री बन्ने रणनीतिक उदेश्यमा लागेका भएपनि त्यस्तो मोर्चाको कुनै औचित्य देखिँदैन । नेपालका कम्युनिष्टहरु एकै ठाउँमा उभिनु भनेको भ्यागुताको धार्नी पु¥याउन रहन मात्र हो ।





































