भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गायकशिव परियारको “पिउन सुरु गरेपछि”

923
shares

 

काठमााडौँ । गायन क्षेत्रमा चर्चित एवं अब्ब लगायकको रूपमा चिनिन्छन् शिव परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन् ।
पछिल्लो समय गायक परियारको “पिउँन दिन भन्दाभन्दै पिलायो साथीले” को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी अर्को गीत“पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ”भन्ने बोल सहित इम्प्रेशन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ । सोही गीतमा मनोरञ्जन उद्योगका सिद्ध हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कन हरि हुमागाईँको संलग्नतामा अत्यन्त भव्यताका साथ क्लब प्लायाटिनममा गीतको छायाङ्कनको दृष्य देखाइएको छ । यस गीतमा नेपाली चलचित्रका लोक प्रियनायक,पुष्प खड्काका साथमा टिकटक स्टार्स अञ्जलि लुइँटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुतिरहेको छ ।
मिडिया हबप्रा. लि. बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिजगरिएको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चकबनाउने निश्चित छ ।
महान् चार्ड वडा दशैैँको माहोललाई ध्यानमा राखेर खाने पिउने सम्बन्धी गीत भएको गायक परियारले जानकारी दिएका छन् । उनले दर्शकको माया र आर्सीवाद कै कारण यस गीतलाई लामो समयको प्रयास पछि बजारमा ल्याइएको बताए । उनले भने ् – हामीले रक्सीको विषयलाई लिएर गीत बनाएका हौ । रक्सी खानुपर्छ र रक्सी राम्रो हो भनेर सोही गीत ल्याएका होइनौँ ।

समग्र समाजमा भएका कुराहरूलाई गीतमा उतारेको र रक्सी खानेहरूको लागी यही गीतले खुसीको माहौल बन्ने भएको हुनाले हामीले यर्थात कुरालाई थप ऊर्जा थप्नको लागी यो गीत ल्याएका छौँ । हाम्रो काम गर्ने टिम र धेरै मेहनत भएको हुनाले यस गीतलाई दर्शकहरूले सकारात्मक रूपमा लिएर मााया गरिदिनुहुन्छ भन्ने आशा गरेको छु ।
उनले कुराकानीको क्रममा भनेका छन् मैले आफूले रक्सी नपिए पनि सङ्गीतमा पिउने कोसिस गरिरहेको छु । पछिल्लो समयमा गायक परियारको धोकेबाज, माया विक्नी रहेछ, तड्पी तड्पी, नभेटी नभेटी, सुनको चन्द««मा लगायतका गीतहरूले सफलता प्राप्त गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports