तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

होटेल व्यवसायीको सुझाव :राजमार्ग क्षेत्रको असुरक्षित खाना नखान आग्रह

559
shares

काठमाडौं । यात्रुले राजमार्गमा यात्राका क्रममा खाना खाएपछि अस्वस्थ हुने र शुल्क भने महंगो तिर्नुपर्ने समाचार हरेक वर्ष दोहोरिन्छ । यस्तो समाचार हरेक वर्ष दोहोरिन थालेपछि आतिथ्य सेवामा देशव्यापी चेन बिस्तार गरिरहेको सिद्धार्थ समूहले चितवनको चुम्लिङटारमा पनि आउटलेट खोल्यो । ‘सेवा शुल्क र भ्याटबाहेक हाम्रो र राजमार्गका अन्य सामान्य होटेलको मूल्यमा ठूलो फरक छैन,’ सिद्धार्थ समूहका प्रवन्ध निर्देशक कृष्ण न्यौपानेले भन्छन्, ‘कम्तिमा हामीले गुणस्तरमा सम्झौता त गर्न मिल्दैन ।’

न्यौपानेका अनुसार सार्वजनिक यातायातले सिधै लगेर रोक्ने होटेलमा संचालक र सवारी चालकबीच अग्रिम सम्झौता भएको हुन्छ । होटेल व्यवसायीले चालकलाई कमिसन पनि बुझाउनु पर्छ । जसले गर्दा गुणस्तरहीन खाना भएपनि मूल्य चर्को लिने गर्छन् । राजमार्गका होटेलमा देखिने यो विकृति अझै रहेको बताउँछन्, होटेल संघ नेपाल (हान)का सदस्य युवराज श्रेष्ठ । ‘पहिला भन्दा सुधार पक्कै भएको छ’, उनी भन्छन्, ‘तर, जसरी सोचिएको छ, त्यस्तो छैन ।’

निजी सवारीमा जाँदा सहज, सार्वजनिक सवारीमा उस्तै सास्ती यात्राका क्रममा सम्भव भएसम्म एक छाकका लागि साथमै खानेकुरा बोक्दा सुरक्षित हुन्छ
राजमार्गमा निजी सवारीमार्फत जाने यात्रुलाई अहिले राजमार्गमा पर्याप्त स्तरीय होटेल तथा रेष्टुरेन्ट खुलिसकेका छन् । हानका सदस्य श्रेष्ठका अनुसार राजमार्गमा रहेको ठूलो विजनेशकै कारण पछिल्लो समय चेन रेष्टुरेन्टहरुले राजमार्गमा आफ्ना आउटलेट बिस्तार गरिरहेका छन् । सोहीकारण आफ्नो सवारी साधन लगेर यात्रामा निस्कनेले आफ्नो रोजाइको रेष्टुरेन्टमा बसेर खाना खान सक्छन् । तर सार्वजनिक गाडीमा यात्रा गर्दा प्राय गाडीहरु आ आफ्नो स्टेसनमा मात्र रोकेर खाना खुवाउने गर्दछ ।

त्यसकारण यातायातमा यात्रा गर्ने यात्रुले भने अहिले पनि उस्तै सास्ती भोग्नु पर्छ ।कोरोना महामारीपछि सार्वजनिक स्थानको खाना खानु झनै जोखिमपूर्ण हुने भएकाले यात्राका क्रममा सम्भव भएसम्म एक छाकका लागि साथमै खानेकुरा बोक्दा सुरक्षित हुन्छ । होटेल व्यवसायीहरुले जोखिम लिएर असुरक्षित खानेकुरा खानु भन्दा सार्वजनिक यातायातका यात्रुले ड्राइफुडहरु बोकेर हिंड्न सुझाव दिन्छन् । ‘राम्रो र विश्वासिलो ठाउँ छ भने निर्धक्क खाना खानुहोस,’ न्यौपाने भन्छन्, ‘नभए जोखिम नलिनुस् ।’ केही फलफुल, पानी, राम्रो बिस्कुट मात्र साथमा बोक्ने हो भने पनि नराम्रो खाना हुने स्थानमा गाडीले रोक्दा पनि नखान सकिने उनको सुझाव छ

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports