तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्च अदालतमा सर्वौच्च कै न्यायाधिश विरुद्ध रिट निवेदन दर्ता

624
shares

काठमाडौं सर्वोच्च अदालतका न्यायाधीशहरूले मुद्दाको सुनुवाइ नगरेको कारण मानव अधिकार हनन भएको भन्दै रिट निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतको इजलास बहिस्कार गरेर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका १५ जना न्यायाधीशलाई विपक्षी बनाएर परमादेशको आदेश माग गरी रिट निवेदन दर्ता भएको हो ।

नेपालको संविधानले हरेक नागरिकलाई न्याय प्राप्त गर्ने हकलाई अनतिक्रम्य हकको रुपमा व्यवस्थित गरेको तर, केही दिन यता बन्दी प्रत्यक्षीकरणका रिट निवेदन र थुनुवाका मुद्दामा समेत न्यायाधीशहरूले सुनुवाइ नगरेको कारण मानव अधिकारको हनन भएको दाबी निवेदनमा गरिएको छ । अधिवक्ता कृष्ण प्रसाई, कीर्तिनाथ शर्मा पौडेल, नागरिकहरु सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले १५ जना न्यायधीशलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् ।

स्मरण रहोस् सर्वोच्च अदालतामा प्रधानन्यायाधिश सहित २१ जनाको दरवन्दी रहेकोमा १ जना न्यायाधिश अवकास प्राप्त गरेपछि अहिले २० जना न्यायाधिशमात्र रहेको मा १५ जनालाई मात्र विपक्षी वनाएर उनीहरु विरुद्ध सर्वोच्च मै रिट निवेदन दर्ता गरिएको हो । १९ जना न्यायाधिशहरु नै प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले तोकेका इजलासमा वस्न आइतवार देखी नै अस्वीकार गरिरहेकोमा किन चार न्यायाधिशलाई विपक्षी वनाईएन,त्यो नै अहिले अदालत भीत्रै चर्चाको विषय बनेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports