तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपाध्यक्ष रावल लगायतले माग गरे प्रतिनिधिहरु वढाउन

442
shares

 

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्यहरुले महाधिवेशन प्रतिनिधिको संख्या बढाउन माग गरेका छन् ।ललितपुरको च्यासलमा जारी पार्टी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्यहरु हिक्मत कार्की, झपट रावललगायतले भूगोलबाट आउने प्रतिनिधिहरुको संख्या बढाउन माग गरेका हुन् ।

यसअघि आज बसेको स्थायी कमिटी बैठकले आसन्न दशौं महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधि चयन गर्ने निर्णय गरेको थियो । भूगोलबाट १,१९६ जना आउने छन् भने केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका निश्चित सदस्य पदेन प्रतिनिधि हुनेछन् ।

स्थायी कमिटीले निर्णयअनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १,५०० पार्टी सदस्य बराबर दुई खुला र एक महिला गरी ३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको थियो । त्यसमा थप हुने हरेक एक हजार सदस्य बराबर एक प्रतिनिधि थप हुनेछ ।
हरेक जिल्लाबाट एकएक जना दलित प्रतिनिधि, हरेक प्रदेशबाट मजदुर प्रतिनिधिहरु चयन हुनेछन् । हरेक जनसंगठनबाट ५÷५ जना महाधिवेशन प्रतिनिधि आउने छन् भने केन्द्रीय कार्यालय र विभागहरुबाट दुई खुल्ला र एक महिला गरी ३ जना तथा प्रवासबाट २० जना प्रतिनिधि सहभागी हुने निर्णय स्थायी कमिटी बैठकले गरेको थियो । सोही निर्णय परिमार्जन गर्नुपर्ने माग जारी केन्द्रीय कमिटी बैठकमा भएको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports