kumari
stcnepal

ए डिभिजन लिग आजदेखि सुरु हुँदै

3

काठमाडौं । आजदेखि सुरु हुने ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ को उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा खेलाउँदैछ । यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४: ४५ देखि बजे सुरु हुनेछ ।पाँच दशकको इतिहास बोकेको फ्रेण्ड्स र पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो दुवै टिम लिगमा सुखद सुरुआत गर्ने लक्ष्यमा छन् ।

यस पटक फ्रेण्ड्सका प्रशिक्षक र कप्तान दुवै फेरिएका छन् । गोलकिपर प्रशिक्षकको रुपमा राष्ट्रिय टिमसम्म काम गरिसकेका मृगेन्द्र मिश्र फ्रेण्ड्सको प्रशिक्षक छन् भने मनाङ मर्स्याङ्दी र नेपाल पुलिसबाट खेलिसकेका डिफेण्डर सुरज विश्वकर्मा फ्रेण्ड्सको कप्तानका रुपमा छन् ।

उता सातदोबाटो शीर्ष डिभिजनमा नयाँ क्लब भए पनि प्रशिक्षक र कप्तान भने अनुभवी छन् । पछिल्लो पटक लिगमा थ्री स्टार क्लब हेरेका मेघराज केसीले यस पटक सातदोबाटोको प्रशिक्षण सम्हालेका छन् । यस्तै हिमालयन शेर्पाको कप्तान रहेका मानबहादुर तामाङ यसपटक सातदोबाटोको नेतृत्व गर्दैछन् ।

सातदोबाटोले ए डिभिजनको अनुभव बटुलिसकेको प्रशिक्षक र कप्तानसहित केही विदेशी अनुभवी खेलाडी पनि भित्र्याएको छ । यस्तै युवा खेलाडीहरू पनि छन् ।

footer

No result found.