सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तेलमा कार्डको व्यवस्था गरौँ

676
shares

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि सत्ताधारी दलकै विद्यार्थी संगठनहरुले विरोध गरीरहेका भएपनि परमादेश अनुसार गठन भएको पाँच दलिय नेतृत्वको देउवा सरकार भने चुपचाप बसेको छ । नेपाल आयल निगम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत पर्ने भएपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसम्म देउवा सरकारले नियुक्त गर्न सकेको छैन । तत्काल निर्णय गर्न पर्ने कार्यहरु समेत मन्त्री नभएको कारण निर्णय हुन सकेका छैनन् । अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य ह्वातै बढेको छ भने नेपाल आयल निगमले भारतीय आयल निगमसँग पेट्रोलियम पर्दाथ खरीद गर्दै नेपालमा विक्री वितरण गर्दै आएको छ । भारतीय आयल निगमले वढाएको मुल्य सूचि अनुसार निगमले १५ /१५ दिनमा मुल्य निर्धारण गर्ने गरेको छ । विश्व वजारमा प्रति व्यारेल ४६ डलरमा पाईने तेल अहिले ८९ डलर पुगेको छ ।

अन्र्तराष्ट्रिय बजारमा मुल्यबृद्धि भएपछि त्यही अनुरुपको मुल्यसूचि भारतीय आयल निगमले पठाएपछि त्यसै अनुरुप मुल्यमा थप हुने भएपनि नेपाल सरकारले लगाएको कर कै कारण मुल्य बढेको छ । नेपाल सरकारले पेट्रोलियम पर्दाथमा विभिन्न प्रकारका कर लगाएको छ । निर्माण नै सुरु नभएको बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि सबै प्रकारका पेट्रोलियम पदार्थ सहित पेट्रोलमा प्रति लिटर १० रुपैया कर लगाउदै आएको छ । पेट्रोलवाट उठेको अर्बौ रुपैयाँ अहिले सरकारी खातामा रहेको छ ।

परमादेशबाट निर्माण भएको सरकार साच्चिकै जनताप्रति जवाफ देही छ भने उसले पेट्रोलियम पर्दाथमा लगाएको करमा छुट दिएर जनतालाई सेवा सुविधा दिन सक्छ तर त्यस्का लागि सरकार तयार देखिएको छैन । उल्टो आफै भातृ संगठनहरुलाई सडकमा पठाएर निगम लाई मुल्य घटाउन दवाव दिईरहेको छ । निगम पूर्वरुपमा सरकारी स्वामित्वमा रहेकोले निगमले मात्र केही गर्न सक्ने अवस्था नरहेपनि निगमलाई दवाव दिनुको कुनै औचित्य देखिदैन । सत्ताधारी दलका भातृसंगठनहरुले त सरकारलाई दवाव दिनुपर्ने होइन र ?

विश्व बजार मै पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको र नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मुल्य बढी भएकोले गर्दा नेपाल सिमाबाट तराई क्षेत्रलगायत अन्यक्षेत्रबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थ भारतमा जाने गरेकोले सरकार त्यसलाई नियन्त्रण गर्न असफल रहदै आएको छ । सिमाक्षेत्रका जनतालाई भारतमा पेट्रोलियम पदार्थ लैजाने कडाई गर्दै कार्डको व्यवस्था गरीए मँहगो मुल्यमा खरीद गरेको पेट्रोलियम पदार्थ भारत निकास हुन सक्छ त्यसतर्फ सरकारको ध्यान जान आवश्यक छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports