सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजबाट सुनिताको ‘तिम्रो हुने कहिले’ देशभर प्रदर्शनमा

637
shares

 

काठमाण्डौ । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको नयाँ नेपाली फिल्म ‘तिम्रो हुने कहिले’ मंसिर ३ गते आज शुक्रवारदेखि प्रदर्शनमा आएको छ । फिल्मको निर्देशन निर्देशक राजु गिरीले गरेका हुन् ।
यो चलचित्रआज देखि डिसहोम च्यानलमा र हलहरुमा एक साथ प्रदर्शनमा आएको कोरियोग्राफर सुनिता वस्नेतले जानकारी दिएकी छन् ।

चलचित्र ‘तिम्रो हुने कहिले’ रिलिज हुनु अघिल्लो दिन ‘दैव लाग्यो मायामा’ बोलको गीत सार्वजनिक गरिएको थियो । यो गीतमा अनिल खनालको शब्द, रामभक्त जोजिजुको स्वर तथा बाबुल गिरीको संगीत छ ।‘तिम्रो हुने कहिले’ मा कोरियोग्राफर सुनिता वस्नेतको नृत्य निर्देशन रहेको छ ।


सुनिता बस्नेतले हाल विशेष त साल्सा र मोडन डान्सको प्रशिक्षण दिंदैआईरहेकी छन् । नृत्य प्रशिक्षकको रुपमा परिचित नृत्यांगना सुनिता बस्नेत पछिल्लो समय नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा पनि त्यतिकै सकृय बनेकी छन् । नृत्य निर्देशनको क्षेत्रमा थोरै महिला निर्देशक छन् जसमा कोरियोग्राफर, नृत्यांगना सुनिता बस्नेतको आफ्नै पहिचान छ ।

‘तिम्रो हुने कहिले’ मा प्रकाश चन्द, करुणा पाण्डे, मिना जिसि, सविन बास्तोला, सुधन धिताल, ललित सिंह आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रको छायांकन रामकृष्ण चौलागाईंले गरेका हुन् भने सम्पादन ललित सिंह साउदले गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports