kumari
stcnepal

आजबाट सुनिताको ‘तिम्रो हुने कहिले’ देशभर प्रदर्शनमा

 

काठमाण्डौ । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको नयाँ नेपाली फिल्म ‘तिम्रो हुने कहिले’ मंसिर ३ गते आज शुक्रवारदेखि प्रदर्शनमा आएको छ । फिल्मको निर्देशन निर्देशक राजु गिरीले गरेका हुन् ।
यो चलचित्रआज देखि डिसहोम च्यानलमा र हलहरुमा एक साथ प्रदर्शनमा आएको कोरियोग्राफर सुनिता वस्नेतले जानकारी दिएकी छन् ।

चलचित्र ‘तिम्रो हुने कहिले’ रिलिज हुनु अघिल्लो दिन ‘दैव लाग्यो मायामा’ बोलको गीत सार्वजनिक गरिएको थियो । यो गीतमा अनिल खनालको शब्द, रामभक्त जोजिजुको स्वर तथा बाबुल गिरीको संगीत छ ।‘तिम्रो हुने कहिले’ मा कोरियोग्राफर सुनिता वस्नेतको नृत्य निर्देशन रहेको छ ।


सुनिता बस्नेतले हाल विशेष त साल्सा र मोडन डान्सको प्रशिक्षण दिंदैआईरहेकी छन् । नृत्य प्रशिक्षकको रुपमा परिचित नृत्यांगना सुनिता बस्नेत पछिल्लो समय नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा पनि त्यतिकै सकृय बनेकी छन् । नृत्य निर्देशनको क्षेत्रमा थोरै महिला निर्देशक छन् जसमा कोरियोग्राफर, नृत्यांगना सुनिता बस्नेतको आफ्नै पहिचान छ ।

‘तिम्रो हुने कहिले’ मा प्रकाश चन्द, करुणा पाण्डे, मिना जिसि, सविन बास्तोला, सुधन धिताल, ललित सिंह आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रको छायांकन रामकृष्ण चौलागाईंले गरेका हुन् भने सम्पादन ललित सिंह साउदले गरेका हुन् ।

footer