तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्याङ्जा सभापतिमा राजु थापा निर्वाचित

533
shares

 

काठमाडौँ । नेपाली कांग्रेसमा स्याङ्जा सभापतिमा संस्थापन पक्षइतरका राजु थापा निर्वाचित भएका छन्। जिल्ला कार्यसमितिका लागि हिजो शुक्रवार भएको मतदानबाट थापाले सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार एवम् गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ललाई पराजित गरेर सभापति जितेका हुन्।सभापतिका उम्मेदवार मल्ल पूर्वउपसभापति गोपालमान श्रेष्ठसँग नजिक छन्।

लामो समय सभापति देउवा पक्ष बलियो रहेको स्याङ्जामा यसपालिको अधिवेशनमार्फत् पौडेल(कोइराला पक्ष बलियो देखिएको हो। महाधिवेशन प्रतिनिधिमा पनि कोइराला पक्षकै उम्मेदवार निर्वाचित भएका छन्।स्याङ्जाको दुई वटा निर्वाचन क्षेत्रमा गरी कोइराला पक्षका ३० जना र देउवा पक्षका २० जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएको स्याङ्जा कांग्रेसका एक नेताले जानकारी दिए।

सभापति निर्वाचनमा थापाले १ हजार ११७ मत पाएका थिए भने मल्ले १ हजार ८५ मत पाए। स्याङ्जा कांग्रेसमा जिल्ला कार्यसमितिका लागि २ हजार २५७ जना मतदाता थिए। जसमा २ हजार २१८ जनाले मतदान गरे। थापा र मल्लले प्यानल बनाएर निर्वाचन लडे पनि पदाधिकारी र सदस्यमा भने दुबैतर्फका उम्मेदवार निर्वाचित भएका छन्।

उपसभापतिमा थापा पक्षका केदार काफ्ले, मल्ल पक्षका शेरबहादुर थापा निर्वाचित भएका छन्। यस्तै, सचिवमा थापा पक्षका गुरुप्रसाद भट्टराई र मल्ल पक्षका दामोदर लम्साल निर्वाचित भए। सहसचिवमा ध्रुवबन्धु पौडेल र पृथ्वीप्रसाद पोखरेल निर्वाचित भएको स्याङ्जा कांग्रेसले जनाएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports