सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राणालाई राजीनामा दिन पाँच दलिय गठवन्धनको आग्रह

559
shares

 

काठमाडौँ । परमादेशवाट निर्माण भएको प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले सर्वोच्च अदालतमा भएको समस्याको समाधान गर्न झण्डै एकमहिना पछि पहल सुरु गरेको छ । त्यही विषयमा छलफल गर्न सत्ताधारी दलकका शिर्ष नेताहरुले केही दिन अघि सामान्य छलफल गरेका भएपनि के गर्ने भन्ने विषयमा उनीहरु निर्णयमा भने पुगेका छैनन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाका विरुद्ध नेपाल बार र सर्वोच्च अदालत बारले चरणवद्ध आन्दोलन गरीरहेको छन् । एक महिना भन्दा बढी एक्लै आन्दोलन गरिरहेको बारलाई पछिल्लो समयमा विभिन्न संघ संगठन र नागरिक आन्दोलन समूहले समेत सहयोग र समर्थन गर्दै सर्वोच्च अदालत देखी प्रधानन्यायाधिशको सरकारी निवास रहेको वालुवाटारसम्म मार्चपास समेत गरी सकेको छन् ।
सर्वोच्च अदालतका १९ जना न्यायाधिश, पूर्व प्रधानन्यायाधिशहरु र पूर्वन्यायाधिश मञ्चले समेत प्रधानन्यायाधिश राणाको राजीनामा माग गरिरहेका छन् भने प्रधानन्यायाधिश राणा भने आफू सम्बैधानिक प्रकृयावाट प्रधानन्यायाधिश बनेको र सम्बैधानिक प्रकृया वाहेक कसैले राजीनामा माग्दैमा राजीनामा नदिने भन्दै आफ्नो अडानमा रहेका छन् ।

पाँच दलिय गठवन्धनले प्रधानन्यायाधिश राणाको वहिर्गमनका लागि सहज वाटो खोज्न थालेको छ । एक सूत्रका अनुसार सम्बैधानिक परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानन्यायाधिश राणालाई कि त आन्दोलनमा रहेको नेपाल बार र सर्वोच्च बारलाई मनाउन र अन्य नयायाधिशहरुलाई समेत आफ्नो पक्षमा ल्याउनुपर्ने यदि त्यो कार्य हुन सक्दैन भने राजीनामा दिन आग्रह गर्न सक्ने सम्भावना देखिएको वताएको छ ।

सूत्रका अनुसार अब प्रधानन्यायाधिश राणाले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन र सर्वोच्च अदालत सहित न्यायालयलाई सक्षम नेतृत्व दिन नसक्ने निष्र्कषमा सरकार र पाँच दलिय गठवन्धन पुगेको छ । सहज वहिर्गमनका लागि राणासँग छलफल गर्न प्रधानमन्त्री देउवाले नै पहल गर्नु पर्ने पाँच दलिय गठवन्धनका नेताहरुले नै वताएका छन् ।
सत्ताधारी दल नेपाली काग्रेसको महाधिवेशन यहि मंसिर २४ गतेदेखि सुरु हुने भएकोले गर्दा तत्काल राणालाई राजीनामा दिन लगाउदा त्यस्को असर पर्ने हो कि भन्नेमा देउवा हच्केका छन् । प्रधानमन्त्री देउवाले राणा आफैले राजीनामा दिए सजिलो हुन्थ्यो भन्ने पक्षमा रहेका भएपनि राणाले राजिनामा नदिने अभिव्यक्ति दिएका हुनाले अब पाँच दलिय गठवन्धनका नेताहरुको भनाईनुसार प्रधानमन्त्री देउवाले राणालाई वोलाएर राजीनामा दिन आग्रह गर्ने भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports