सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२३ वर्षीया सुष्मा मिश्र राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित

598
shares

 

काठमाडौँ । राप्रपाको केन्द्रीय सदस्यमा २३ वर्षीया सुष्मा मिश्र निर्वाचित भएकी छन् । उनी खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उठेकी थिइन् ।

आज बिहान आएको मत परिणामअनुसार उनले एक हजार दुई सय ८७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । उनी बारा क्षेत्र नम्बर ३ को (क) बाट राप्रपा महाधिवेशन प्रतिनिधि थिइन्।

मिश्र कानुनको विद्यार्थी हुन् । उनी राप्रपाको भातृ विद्यार्थी संगठनमा केन्द्रीय उपाध्यक्ष छिन् । उनी राप्रपाको विद्यार्थी संगठनमा पहिले जिल्ला सचिव पनि भएकी थिइन् ।आफू १६ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय भएर लागेको उनले बताइन् ।
उनले पार्टीमा युवा पुस्ता आउनु सकरात्मक पक्ष भएको बताएकी छन्।

पार्टीमा मलाई जिताउनु हुने सबैलाई धन्यबाद । पार्टीमा युवा पुस्ताको आवश्यकता देखिएको छ, उनले भनिन्। ‘गुटभन्दा पनि मेरो जित समग्र राप्रपाकै जित हो,’ उनले भनिन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports