linktrix Long Ad
Salt Trading Long Ad

‘ज्वालामुखीमाथि देश’ पुस्तकको विमोचन

546
shares

 

काठमाडौँ । मंसिर १९ गते प्रमुख अतिथि डा.सुरेन्द्र केसी, विशेष अतिथि डा.प्रेमसिंह बस्न्यात्, सीमाविद बुद्धिनारायण श्रेष्ठ, बरिष्ठ कानुनविद गालव ढुंगाना, बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, वरिष्ठ पत्रकार तथा कलाकार रामप्रसाद खनालले ‘ज्वालामुखीमाथि देश’ पुस्तक विमोचन गर्नुभयो ।
दीर्घराज प्रसाईको सभापतित्वमा भएको सो कार्यक्रममा समाजका विभिन्न तह र तप्काका विवेकशीलहरूको बाक्लो उपस्थिति थियो ।
सहभागी सबैलाई स्वागत गर्दै लेखक राजन कार्कीले भन्नुभयो– प्रकाशक रत्नसागर प्रकाशन, कभर डिजाइन ममता मृदुल, प्रकाशनमा सहयोग पु¥याउने, उर्जादिने प्रेमसागर पौडेललगायत सबैप्रति हार्दिक धन्यवाद छ । पुस्तकबारे सुन्न र मलाई लेखनमा उत्साह दिन आउनु भएका सबै सबैप्रति हार्दिक कार्यक्रममा सबैलाई स्वागत गर्छु ।हामी संसद हौं, यसकारण हामीमाथि प्रश्न उठ्यो हामी संविधान हौं, यसकारण हामीमाथि प्रश्न उठ्यो
हामी राष्ट्रले गलत प्रतिनिधि छान्यौं, जिम्मेवार भएनन्
हामी सरकार हौं, यसकारण हामी माथि प्रश्न उठ्यो

सरकार छ, इमान छैन । पदाधिकारी छन्, नैतिकता छैन । समाजवाद टुहरो लाग्छ, सर्वहारावाद बेवारिसे लाग्छ, राष्ट्रवाद छाती पिटीपिटी रोइरहेछ । चमत्कार गर्छु भन्ने नेता चटके बने, राजनीति जनता ठग्ने चटक बन्यो । सदाचार कर्मकाण्डी बन्यो । हरेक अनुहारमा असन्तुष्टिको सकस छ, शान्ति र सन्तोष कसैमा छैन । यसको अर्थ देश ज्वालामुखीमाथि उभिएको छ ।
समस्याको किटानी र समाधानको मार्ग– हामी राष्ट्रको काँधमा आयो । अब निर्णय राष्ट्रले गर्नुपर्छ, राष्ट्र र राष्ट्रवाद हामी हौं, हामीले गर्नुपर्छ । निर्णय गर्नसक्नु बाँच्नु हो, गर्न नसक्नु यस्तै मृत्यु ।

स्वागत भाषणपछि सामुहिक रूपमा पुस्तक विमोचन भयो । विमोचनपछि सो पुस्तक लोकार्पण कार्यक्रममा मुख्य अतिथिको रूपमा बोल्दै राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसीले गएको ३० वर्षमा नेपालमा १८५ वटा राजनैतिक पार्टीहरू दर्ता भए, यही ३० वर्षमा भएका ३ हजार उद्योग तथा कल कारखाना बन्द भए, ६२ लाख युवायुवती विदेशीन बाध्य पारिएका छन्, देश परनिर्भर भएको छ, यही हो ज्वालामुखीमाथि देश भनेको भन्नुभयो ।

वक्ताहरू डा.प्रेमसिंह बस्न्यात्, डा. शास्त्रदत्त पन्त, सीमाविद बुद्धिनारायण श्रेष्ठ, बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, रामप्रसाद खनाल, सभापतिका आसनबाट दीर्घराज प्रसाईले ज्वालामुखीमाथि देश समयको आवाज भएको ठहर गर्दै इतिहास प्रति गौरब वोध गर्न र सुशासनको झल्का दिन भ्रष्टाचार, महंगी, सीमा समस्या, अर्थतन्त्र, बेरोजगारीको अन्त्य गर्न र राजनीतिक अन्योल तथा न्यायिक बिसंगति हटाउन अहिले नसोचे कहिले सोच्ने, कतै ज्वालामुखीमाथि पुगेको देश अस्तव्यस्त र ध्वस्त नहोस् भनेर खबरदारी गर्नुभएको थियो । यो पुस्तकले विद्यमान समस्याहरू केलाएर देश निर्माण गर्न, माटो बचाउन युवाहरू अग्रसर हुनुपर्छ भनेको छ ।

पुस्तकबारे समीक्षा गर्ने हरेक व्यक्तित्वहरूको निष्कर्ष छ– नेपालका आजसम्मका कुनैपनि राजनैतिक व्यवस्था अनुशासनमा नचलेको हुनाले देशको अवस्था बिग्रिएको हो । विधि भन्ने विधि मिच्ने, नैतिकहीन काम गर्नाले नेतृत्व अक्षम भएको हो । हाम्रो वर्तमान पनि राम्रो नभएको हो ।
‘ज्वालामुखीमाथि देश’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्नेहरूले नेपालमा भएका विकार र विकृति औंल्याएको र पुस्तकमा राष्ट्रियता झल्किएको धारणा व्यक्त गर्दै राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता बाहेक अरू सर्वसाधारण जनता अझैं दासको रूपमा रहनु परेको गुनासो सो पुस्तकमा समेटिएको बाँकी ७ पृष्ठमा
बताउनु भयो । पूर्वजनरल डा. प्रेमसिंह बस्न्यातले पुस्तकमा ठूलो देशप्रेम र राष्ट्रवाद देखिएको हुनाले हरेक पाठकले सो पुस्तक पढ्दा आफैले लेखेको जस्तो अनुभूत हुने धारणा व्यक्त गर्नुभयो । नेपालमा मठाधिस र पिठाधिसहरूले आफ्नो फाइदाको लागि नेपाली फुटाएको बताउँदै नेपालका नेताहरूले गर्दा अहिले नेपालमा न्याय समेत मरेको उहाँको निष्कर्ष थियो । सिमाविद बुद्धिनारायण श्रेष्ठले नेपाली समाजलाई आजसम्म १२ वटा कृति दिइसकेका लेखक कार्कीको प्रस्तुत पुस्तकमा माटोप्रेम र राष्ट्रप्रेम ओतप्रोत रहेको भन्नुभयो । नेपालमा लोकनेता नभएको र नेताहरूले यस्तो सुन्दर देशलाई ज्वालामुखिमाथि पु¥याएको उहाँको टिप्पणी थियो ।

‘ज्वालामुखीमाथि देश’ पुस्तक राजन कार्कीसग   यस मेलमा rajan2012karki@yahoo.com सम्पर्क गर्नुहोला ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports