सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा माओवादीले कुनै हालतमा पनि एमसीसी पास गर्न नदिने

494
shares

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपामाओवादीका नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताए । उनले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि बताए । उनले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको बताए ।

नेता गजुरेलले अहिले एमसीसीको कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तिमा बदल्नुपर्ने धारणा राखे । उनले एमसीसी भनेको अधिकांश नेपालीहरुले चाहेको विषय नभएकोले क्रान्तिकारी भएको नाताले यसमा हस्तक्षेप गर्नुपरेको पनि स्पष्ट पारे ।

‘शक्ति सन्तुलनमा पश्चगामी शक्ति हावी भयो भने यो भन्दा पनि पश्चगमन पनि हुने हो कि । अहिले एउटा आशंका, चिन्ता मानिसहरुलाई पनि छ । अहिलेको शक्ति सन्तुलनमा क्रान्तिकारी, अग्रगामी शक्तिहरु बलियो भयो भने त्यो परिवर्तन अग्रगामी हुनसक्छ’ उनले भने ‘अर्को नयाँ खालको, अगाडि बढ्ने खालको परिवर्तन हुनसक्छ, त्यसकारण हामी त्यसको निम्ति शतर्क र तयार रहनु आवश्यक छ । त्यो बिस्फोट हुनसक्ने सम्भावना छ । हामी क्रान्तिकारीको हैसियतले त्यसमा हस्तक्षेप गर्नुपर्ने हाम्रो कर्तव्य हो । त्योबाट हामी पछि हट्न सक्दैनौँ ।’

उनले थपे ‘यो विषय प्राक्टिसमा हेर्ने हो को देशभक्त, को विदेशी दलाल रु अब सबैलाई एउटा रेखा कोरिदिने भयो । किनभने जानेर, बुझेर कसैले पनि गद्दार हुँ भन्दैन । म अमेरिका, भारतको दलाल हुँ भनेर संसारमा कसैले पनि भन्दैन । तर सच्चा देशभक्त हो कि होइन अब टेस्ट हुँदैछ । कुन सुन, कुन पित्तल भन्ने कुराको कसी लाग्दैछ, ठूलो रेखा कोरिँदैछ । त्यसकारण ध्रुविकरण हुँदैछ । अब हरेक नागरिकले कुन किस्तामा उभिने भनेर आफ्नो परिचय दिनुपर्छ । यो अहिलेको आवश्यक्ता हो । त्यसकारण यो स्थिती अहिले राजनीतिमा अस्थिरता ल्याएको छ । एमसीसी देशको लागि एउटा ध्रुवीकरण हो । यो चाहेर आएको होइन । एमसीसीले ध्रुविकरण ल्याइदिएको छ, यो आशंका र असन्तोषलाई स्पष्ट पार्दै फेरि क्रान्तिकारी आन्दोलनद्वारा नै जनतलाई चेतना दिँदै अघि बढ्नुपर्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports