२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस

1.35K
shares

काठमाडौं । आज अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस मनाइँदैछ। यो दिवस प्रत्येक वर्ष डिसेम्वर 9 तारिखमा विश्वभर मनाइन्छ। भ्रष्टाचारविरुद्ध उभिऊँ भन्ने मूल सन्देशको साथ दिवस मनाइँदैछ। भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्रकट गर्दै संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ मा भ्रष्टाचारविरुद्ध राष्ट्रसंघीय महासन्धि पारित गरेको थियो।तर  नेपालमा भने प्रमुख पदहरुमा नीजि स्वार्थका लागि भ्रष्टाचार बढ्दै गएको छ।

पछिल्ला वर्ष कोरोनाको कारण लकडाउन हुँदा समेत भ्रष्टाचार रोकिन सकेन। स्वाथ्य सामाग्री खरिददेखि कोरोना नियन्त्रणको नाममा स्थानीय तहसम्ममा भ्रष्टाचार सरोकारवाला संस्थाका प्रतिवेदनले देखाएका छन्।

दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धनका लागि क्रियाशील सबै निकायहरु, बुद्धिजीवी, नागरिक समाजलाई आग्रह गरेका छन्। आज एक शुभकामना सन्देश जारी गर्दै उनले भ्रष्टाचारले विश्वको अर्थव्यवस्था, सामाजिक प्रणाली, सांस्कृतिक सम्वन्ध एव् राजनीतिक व्यवस्था लगायत क्षेत्रमा नकरात्मक असर पर्ने भएकाले यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports