सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महामन्त्री बन्न मन्त्री पद त्याग्न कार्की र खाँण तयार

481
shares

काठमाडौँ । प्रधानमन्त्री एवं काग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती बढ्दै गएको छ। आफ्नै समूका नेताहरू महामन्त्री बन्न मन्त्री छोड्न तयार भएपछि

अहिले मन्त्री भएका देउवाका मुख्य विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाण र सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री पदमा दाबी गरिरहेका छन्। उनीहरूले मन्त्री छोड्ने तर महामन्त्रीमा दाबी नछोड्ने भनेपछि देउवालाई चुनौती थपिएको छ।

कार्कीले आफ्नो प्राथमिकता मन्त्रीभन्दा पार्टीको महामन्त्रीमा वताउका छन् । त्यसैगरीि यता गृहमन्त्री खाणले पनि महामन्त्रीको उम्मेदवार बन्नका लागि आफू गृहमन्त्री छोड्न तयार रहेको मिडियाहरूमा बताइरहेका छन्।

आफ्ना नजिकका विश्वासपात्र मन्त्री छोड्नै तयार भएर महामन्त्री उठ्न खोजिरहेका बेला देउवालाई अन्य आकांक्षीलाई पनि मिलाउन समस्या परेको छ। देउवा समूहबाटै खाण र कार्कीबाहेक प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक र विश्वप्रकाश शर्मा महामन्त्रीका आकांक्षी रहेका छन्।

शर्माले महामन्त्रीको उम्मेदवार बन्ने पहिले नै घोषणा गरिसकेका थिए। महत, साउद र लेखक पनि महामन्त्रीको उम्मेदवार बन्ने अडानमा रहेका हुनाले पदाधिकारी छान्न् देउवालाई महाभारत जस्तै भएको छ ।नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन भोली शुक्रबारदेखि उपत्यकामा सुरू हुँदैछ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports