सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लमजुङमा जिप दुर्घटना ३ जनाको मृत्यु, ९घाइते

481
shares

 

पोखरा । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा ग १ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

गाउँपालिकाको वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

‘शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिपमा पिस हिल भन्ने ठाउँमा शैक्षिक भ्रमणका लागि जाँदै गरेका थिए । त्यसमध्ये एउटा जिप दुर्घटना हुँदा एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृत्यु भएको खबर प्राप्त भएको छ,’ सीडीओ वैद्यले भने, ‘९ जना घाइते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।’

घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको वैद्यले बताए । घटनास्थलमा प्रहरी भइरहेको र स्थानीयले घाइतेको उद्धार गरेको उनले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports