गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोली शुक्रवार १ बजे त्रिविविमा विद्यार्थीहरुको बृहत प्रदर्शन

624
shares

काठमाडौँ । आज सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले हालै करार शिक्षकहरुलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । सात विद्यार्थी संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । संगठनहरुले आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने समेत स्पष्ट पारेका छन्।

विद्यार्थी संगठनहरुले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन सशक्त प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् । विज्ञप्ति निकाल्नेहरूमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी निकट अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियू कार्यबहाक अध्यक्ष वसिम आलाम,जसपा निकट समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपा निकट (अखिल क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका अध्यक्ष देवेन्द्र कुँवर छन् ।

ती संगठनहरुले हालै त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको खेद व्यक्त गर्दै विद्यार्थी आन्दोलनलाई ऐक्यबद्धता जनाउन (भोली) शुक्रवार १ बजे कीर्तिपुर क्याम्पसमा बृहत प्रदर्शनसहित सभाको आयोजना गरिएको जानकारी दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports