गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निति र कार्यक्रम विहिनका महाधिवेशनहरु

806
shares

देवेन्द्र चुडाल ।
पाँच दलिय गठवन्धनका नेता एव् प्रधानमन्त्री शेरवहादुर देउवा नेपाली काग्रेसका सभापति समेत हुन् । १३ औँ महाधिवेशन बाट उनी सभापतिमा निर्वाचित भएका थिए । पटक / पटक महाधिवेशन समय सार्दै आएको काग्रेसको १४ औँ महाधिवेशन आज (मंसिर २४ गते ) बाट सुरु भएको छ । प्रधानमन्त्री देउवाले १४ औ महाधिवेशनमा आफू पुनसभापतिको उम्मेदवार वन्ने घोषणा गरीसकेका छन् । काग्रेसका गुट उपगुटहरु मध्येका केही गुुटहरुले देउवालाई सघाउने भएका छन्, भने काग्रेसको संस्थापन इतरपक्षले भने सहमतिको आधारमा एकजनालाई मात्र उम्मेदवार बनाउने भने पनि त्यस्मा सहमति हुन सकेको छैन ।

काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टीका महामन्त्री डा. शशाक कोईराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, पूर्व उपसभापति प्रकाशमान सिंह र पहिला देउवालाई नै सहयोग गरेका विमलेन्द्र निधिले समेत सभापतिको, उम्मेवदवार वन्ने घोषणा गरी सकेका हुनाले सभापति देउवा भने पूर्वमहामन्त्री कृष्णाप्रसाद सिटौलालाई साथ लिएर पुनसभापति बन्ने होडमा सकृय भएका छन् । काग्रेसको महाधिवेशन प्रतिनिधहरुको संख्या ४५ सयभन्दा बढी भएको र ति सबै प्रतिनिधिहरु तल्लोतहवाट निर्वाचित हुदै आएका हुन् । तल्लोतहवाट संस्थापनपक्ष र संस्थापन इतरपक्ष भन्दै निर्वाचित हुदै आएका हुनाले कस्को पुल्ला वलियो रहेछ भन्ने ठ्याकै अहिले नै आकलन गर्न नसकिने भएपनि संस्थापन इतरपक्ष एक नभएको खण्डमा फेरी देउवा नै सभापतिमा निर्वाचित हुन सक्ने सम्भावना देखिएको छ ।

पछिल्लो समयमा संस्थापन पक्षले एक्लो उम्मेरदवार वनाउने कसरतमा लागेको र उस्ले संस्थापन इतरपक्षका नेताहरुलाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्दै प्रदेश सभाको अध्यक्षको निर्वाचनमा केही प्रदेशमा देउवाले कृष्णप्रसाद सिटौला समूहको साथ पाएकोले गर्दा सभापतिको निर्वाचनमा सिटौला पक्ष देउवाकै पक्षमा रहन सक्ने सम्भावना रहेको छ । पहिलाा देउवा पक्षमा रहेका विमलेन्द्र निधि आफै २ नम्वर प्रदेशमा कमजोर अवस्थामा रहेका र उनको अन्य प्रदेशहरुमा खासै प्रभाव नभएकोले गर्दा अन्तिम समयमा निधिले समेत देउवालाई नै सहयोग गर्न सक्ने सम्भावना समेत देखिएको छ ।

संस्थापनइतर पक्षमा रहेका कोइराला परिवार महाधिवेशन प्रतिनिधिहरुको निर्वाचनमा र प्रदेश अध्यक्षको निर्वाचनमा प्रदेश न १ मा कमजोर अवस्थामा रहेको र प्रदेश १ को अध्यक्ष पदमा समेत पराजित भएकोले गर्दा आफ्नै प्रदेशमा समेत कोइराला परिवारले साख गुमाउदै गएको छ भने सो प्रदेशमा समेत संस्थापन पक्षले राम्रो उपस्थिति देखाएको छ । मुलुकमा संस्थापन गरीएका ७ प्रदेश मध्येका निर्वाचन भएको ६ प्रदेशमा ४ प्रदेशका अध्यक्षमा संस्थापन पक्षले अध्यक्ष पदमा जित हासिल गरेको छ भने इतर पक्षले गण्डकी प्रदेश र लुिम्वनी प्रदेशमा अध्यक्षमा निर्वाचन जितेको छ । प्रदेश न २ मा विवाद रहेकोले अब पार्टीको १४ औ महाधिवेशन पछि मात्र उक्त प्रदेशमा प्रदेश अध्यक्ष सहित अन्य केही जिल्लाहरुमा समेत जिल्लासभापतिको निर्वाचन हुने भएको छ ।

संस्थापन इतरपक्षवाट सभापतिको दौडमा पार्टीका वरीष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह,डा.शशाक कोइराला, डा.शेखर कोइराला रहेका छन् भने पहिला देउवा पक्षमै रहेका विमलेन्द्र निधि समेत सभापतिको दावेदार रहेका छन् । संस्थापन इतर पक्षवाट एकमात्र उम्मेदवार वनाउन इतर पक्षले प्रयास गरीरहेपनि त्यस्मा सहमति हुन सकेको छैन । प्रकाशमान सिंहले १३ औ महाधिवेशनमा आफुले अरुलाई सहयोग गरेको भन्दै अब संस्थापन इतरपक्षले आफुलाई सहयोग गर्नु पर्ने वताउदै आएका छन् । त्यसैगरी कोइराला परिवारवाट पनि एकजना मात्र उम्मेरदवारको दावी रहनुपर्ने वताइएको भएपनि शशाक कोइराला र शेखर कोइराला बीचमा नै सहमति बन्न सकेको छैन ।

वर्तमान महामन्त्री डा. शशाक कोइरालाले आफुवाहेक अरुले देउवालाई पराजित गर्न नसक्ने भन्दै संस्थापनइतर पक्षवाट आफुलाई सभापतिको उम्मेदवार वनाउनु पर्ने माग गरीरहेका भएपनि डा. शेरवहादुर कोइरालाले आफुले धेरै पहिला देखी नै प्रयाप्त तयारी गरी सकेको हुनाले आफु नै सभापतिको उम्मेरदवार हुने वताउदै आएका छन् । काग्रेसमा नेतृत्व पुस्तान्तरणको आवज उठेपनि कोहीपनि युवा सभापतिको दावेदार नभएकोले गर्दा जस्ले जितेपनि सभापनि पहिलो पुस्तावाटै वन्ने प्राय निश्चित रहेको छ ।

हालै सम्पन्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचनमा पार्टीका त्रय अध्यक्ष मध्येका कमल थापा अध्यक्षको उम्मेदवार रहेका भएपनि उनलाई पार्टीका एकमात्र प्रतिनिधि सभाका सासद र पूर्ण महामन्त्री राजेन्द्र लिनदेनले थापालाई पराजित गरेर पार्टी नेतृत्व आफ्नो हातमा लिएका छन् । राष्ट्रिय राजनितिमा खासै प्रभाव नपारेको राप्रपाको नेतृत्व दोस्रो पुस्तामा सरेको छ । यसरी नेतृत्व दोस्रो पुस्तामा सर्ने कार्यको थालनी राप्रपावाट सुरु भएपनि अन्य दलहरुमा भने त्यस्तो अवस्था देखिएको छैन। नेकपा एमालेको १० औँ महाधिवेशनले पनि पार्टी अध्यक्षमा केपी ओलीलाई नै पुन अध्यक्षमा निर्वाचित गरेको छ । त्यस पार्टीले पनि नेतृत्व हस्तान्तरण गर्न सकेन भने काग्रेसले पनि यहि महाधिवेशनवाट नेतृत्व पुस्तान्तरण गर्न सक्ने कुनै सम्भावना नै देखिदैन । सत्ताधारी अर्को दल माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउदो पुष १० देखी काठमाडौँमा नै सुरु हुने भएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै पुन अध्यक्षमा सर्वसम्मत ढङ्गले चुनिने पक्का पक्की रहेको छ ।

दाहाल विगत ३२ वर्षदेखी माओवादी केन्द्रको अध्यक्ष रहदै आएका छन् त्यस पार्टीमा समेत नेतृत्व पुस्ताकरणको सम्भावना अहिले नै प्राय असम्भव जस्तै रहेको छ । काग्रेस ,एमाले र राप्रपामा अध्यक्षमा एउटै व्यक्तिले दुई कार्यकाल मात्र रहन पाउने विद्यानमा व्यवस्था गरीएको भएपनि माओवादी केन्द्र ,मजदुर किसान पार्टी लगायत अन्य दलहरुको विधानमा त्यस्तो व्यवस्था नगरीएको हुनाले, पुष्पकमल दाहाल जस्तै आजिवन उनीहरु अध्यक्ष पदमै रहीरहने निश्चित देखिएको छ । राजनितिक दलको नेतृत्वमा रहेका व्यक्तिहरुले नेतृत्व पुस्ताकरण नगर्दा कार्यकर्ताहरुमा एक प्रकारको असन्तोष देखिदै गएको र उनीहरुको क्षमता समेत विकास नहुने भएकोले गर्दा युवा पुस्तालाई राजनितिमा आकर्षण गराउन सकिदैन । जव सम्म युवा पुस्तालाई राजनितिकमा आर्कषण गराउन सकिदैन तव सम्म आर्थिक समाजिक परिर्वतन सम्भव देखिदैन ।

राजनितिक परिर्वतनका लागि युवा पुस्तालाई परिचालन गरीए पनि उनीहरुलाई वेवास्ता गरीने गरीएकोले गर्दा नै युवापुस्ता राजनितिमा आकर्षण नहुने भएकै कारण उनीहरु विदेश पलाएन हुने क्रम दिनप्रतिदिन वढ्दै गएको छ । अहिले पनि विश्वका प्राय सबै मुलुकहरुमा गरी झण्डै ६० लाख युवायुवतीहरु विदेशमा पलाएन भएका छन् ।राजनितिक दल र सरकारले विदेश पलाएन भएका युवायुवतीलाई स्वदेशमा फिर्ता ल्याउने कुनै ठोस निति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । प्रत्येक चार पाँच वर्षमा पार्टीहरुका महाधिवेशन हुने गरेका भएपनि त्यस्ता महाधिवेशनहरुमा निति तथा कार्यक्रमका वारेमा कुनै छलफल र वहसै हुदैन, केवल पार्टीहरुको वैधानीकता बचाउनका लागि मात्र महाधिवेशन गर्ने गरिएको छ ।

सतधारी दल र सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसको महाअधिवेशनमा पनि पार्टीको निति र कार्यक्रममा खासै छलफल र बहस नहुने भएको छ । केवल नेतृत्व चुन्नको लागि मात्र महाहधिवेशन सम्पन्न गर्न लागिएको छ, भने सघीय संसद र सबै प्रदेशभामा प्रमुख प्रतिपक्षी दल रहेको नेकपा एमालेको महाधिवेशनमा पनि पार्टीको निति र कार्यक्रमका बारेका खासै छलफल र वहसै भएन । केवल औपचारीकता मात्र पुरा गरीयो । राप्रपाको महाधिवेशनमा पनि त्यस्तै दृष्य देखियो । मजदुर किसान पार्टीको गठन भएदेखी आजसम्म एकैजना व्यक्तिमात्र अध्यक्ष रहेका छन् । त्यसैगरी नेपाल कम्युनिष्ठ (मसाल) पार्टीका महामन्त्री पनि अहिले सम्म एउटै व्यक्ति रहेका छन् । यसरी एउटै व्यक्ति लामो समयसम्म पदमा बसीरहँदा त्यस पार्टीका कार्यकर्ता र नेताहरुमा निरासा उत्पन्न हुने र त्यस्तो पार्टीले जनताको हितमा कुनै काम गर्न नसक्ने प्रष्ठ हुदै गएकाले गर्दा नेतृत्व पुस्तान्तरण हुन अनिर्वाय सर्त हो ।

राजनितिक भनेको सेवा हो भने उक्तिलाई मनन् गर्न सकेको खण्डमा मात्र राजनितिक दल र नेताहरुको इज्जत र सम्मान बढ्न सक्छ, तर हामी कहाँ भने राजनितिकलाई कमाई खाने व्यवसायको रुपमा लिइएको र धनीमानी वाहेक अन्यले राजनितिक नै गर्न नसक्ने अवस्था सिर्जना गरीएको हुनाले योग्य र सक्षम भएपनि गरीव व्यक्तिले राजनितिमा प्रवेश नै गर्न सक्ने अवस्था देखिदैन । राजनितिमा लागेका व्यक्तिहरुले २÷४ वर्षमा काठमाडौमा महल वनाएका छन् । महगो महगो गाडी चढेर हिडेका छन् भने आफ्ना छोराछोरीलाई महंगो शैक्षिक संस्थामा पढाएका छन । कतिपयले त विदेशमा समेत पढ्न पठाएका छन् । तर उनीहरुको राजनिति वाहेक अन्य कुनै पेशा देखिदैन ,त्यसैले भन्नै पर्दछ, राजनितिलाई कमाई खाने व्यवसायको रुपमा प्रयोग गरीयो । त्यही कारणले गर्दा सक्षम र योग्य व्यक्तिहरुले राजनितिकमा प्रवेश नै गर्न चाहदैनन् । जवसम्म राजनितिलाई कमाईखाने भाडोका रुपमा प्रयोग गरीन्छ तव सम्म मुलुकको विकास र जनताको हित हुने सम्भावना नै रहदैन ।

युवापुस्तालाई राजनितिमा प्रवेश गराउने दायित्व दलहरुकै हो । राजनिति भनेको सेवा भावले हुनुपर्दछ । युवा वर्गमा रहेको जोस जागर र पहिलो पुस्ताको अनुभवले मुलुकको विकासमा ठूलो सहयोग पुग्दछ, भन्ने हेक्का दलका शिर्ष नेताहरुमा भएको खण्डमा मुलुकको विकास हुन कुनै लामो समय नै लाग्दैन । विश्वका केही देशहरुमा ३५/४० वर्षका युवा वर्ग प्रधानमन्त्री बनेका छन् । त्यहाँ धेरै विकास भएको छ । भ्रष्टचारमा कमी आएको छ । तर हामी कहाँ भने त्यस्कै ठिक उल्टो भएको छ । आर्यघाट जाने वेला नभएसम्म पद नछोड्ने प्रवृतिले गर्दा नत युवा वर्गमा नेतृत्वको विकास हुन सकेको छ, नत देशको विकास नै ।

युवा वर्ग नेतृत्वमा पुगेका खण्डमा भ्रष्टचारमा समेत कमी आउने विश्वका धेरै मुलुकहरुमा देखिएको छ । युवा वर्गले आफ्नो जोस र जागर देखाएको खण्डमा सहजरुपमा नेतृत्व लिन सक्छन् । त्यसैले अब सबै राजनितिक दलहरुका युवाहरुले नेतृत्व लिन आवश्यक छ । नेतृत्व पुस्तान्तरणको पहिलो पार्टी राप्रपा भएको छ । अब राप्रपाको नेतृत्वको पुस्तान्तरणको उदाहरण हेरेर अन्य दलका युवाहरुले नेतृत्व पुस्तान्तरणका लागि आ–आफ्नो दलका नेताहरुलाई दवाव दिन आवश्यक छ । युवावर्ग नेतृत्वमा पुग्ने र मुलुकलाई विकसित राष्ट्र वनाउने जिम्मेवारी अव युवावर्ग कै हो । काग्रेसको महाधिवेशनमा युवा वर्गले नेतृत्व हस्तान्तरण वहस चलाउन यसैमा उनीहरुको हित हुने छ ।

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports