उच्च अदालत र जिल्ला अदालतमा मुद्दाको पेसी गोला प्रणालीबाट
वि.सं.२०७८ पुस १ बिहीवार ११:५३
shares

काठमाडौं । उच्च अदालत र जिल्ला अदालतमा पनि मुद्दाको पेसी गोला प्रणालीबाट तोकिने भएको छ। हिजो बसेको सर्वोच्च अदालतको पूर्ण बैठक फुलकोर्टले माघ २ बाट उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको हो।
बुधबारको बैठकले माघ २ बाट उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। नेपालमा १८ वटा उच्च अदालत (इजलाससहित) छन् भने ७७ वटा जिल्ला अदालत छन्।
फुलकोर्टले उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने व्यवस्थाका लागि आवश्यक तयारी गर्न सर्वोच्च अदालत प्रशासनलाई आदेश पनि दिइसकेको छ।




































