सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एक वाणिज्य बैंकसहित तीन कम्पनले गरे लाभांश घोषणा

468
shares

काठमाडौं । आज पुस २ गते आज एक वाणिज्य बैंकसहित तीन कम्पनले गरे लाभांश घोषणा गरेका छन् । यस दिन कृषि विकास बैंक, पोखरा फाइनान्स र नेपाल हाइड्रो डेभलोपरले लाभांश घोषणा गरेका छन् ।

यस दिन लाभांश घोषणा गर्ने यी तीन कम्पनी मध्येबाट कृषि विकास उच्च लाभांश घोषणा गरेको छ । बैंकले २१ दशमलव ९५२६ प्रतिशत लाभांश दिने भएको हो । त्यस्तै, पोखरा फाइनान्सले ८ दशालव ५ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरले ७ दशमलव ३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ १.९५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

पोखरा फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.०७५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.४२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

नेपाल हाइड्रो डेभलोपरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports