विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२५ वाणिज्य बैंकले घाेषणा गरे पौने ४५ अर्ब लाभांश

767
shares

काठमाडौं । २५ वाणिज्य बैंकले शेयरधनीलाई पौने ४५ अर्ब रुपैयाँ बराबरको लाभांश घोषणा गरेका छन् । सञ्चालनमा रहेका २७ बैंकमध्ये २ बैंकले लाभांश घोषणा गर्न बाँकी रहँदा लाभांश घोषणा गरेका ती बैंकहरुले ४४ अर्ब ७५ करोड ६१ लाख रुपैयाँ बराबरको कुल लाभांश घोषणा गरेका हुन् ।

घोषित लाभांश मध्ये ३७ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ भने बाँकी ७ अर्ब १८ लाख नगद लाभांश दिने घोषणा गरिएको छ । बैंकहरुले घोषणा गरेको उक्त लाभांश औसत १५.०६ प्रतिशत हो । सो मध्ये १२.७० प्रतिशत बोनस शेयर र २.३६ प्रतिशत नगद लाभांश रहेको छ ।

यो वर्ष सबैभन्दा बढी लाभांश दिनेमा नबिल बैंक पहिलो स्थानमा रहँदा सबैभन्दा कम दिनेमा नेपाल एसबीआई बैंक भएको छ । सबैभन्दा धेरै दिनेमा नबिल पछि हिमालयन बैंक, कृषि विकास बैंक अगाडि छन् । नबिल बैंकको ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने हिमालयन बैंकले २६ प्रतिशत र कृषि विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा गरेका छन् । बाँकी २२ बैंकको लाभांश २० प्रतिशत भन्दा कम छ ।

यो वर्ष एकल अंकमा लाभांश दिनेमा ५ वटा बैंक रहेको छ । त्यसमध्ये नेपाल एसबीआई, सेञ्चुरी, सनराइज, एनसीसी र कुमारी बैंक रहेका छन् । नेपाल एसबीआई बैंकको लाभांश सबैभन्दा कम ५.३१ प्रतिशत रहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage

below entertainmnet insurance
napali patro below sports