एमसीसी सम्झौताको खारेज गर्न माग गर्दै, उपत्यकामा विरोध प्रदर्शन
वि.सं.२०७८ पुस ६ मंगलवार १४:०४
shares

काठमाडौँ । आज एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आठवटा पार्टी र मोर्चाहरुले राजधानीमा संयुक्त विरोध कार्यक्रमको आयोजना गरेका छन् । र्यालीसहित गरिएको विरोध प्रदर्शनपछि कार्यक्रम संसद भवनअघि नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, नेकपा एमाले, जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको सहभागिता रहेको थियो । सो विरोध कार्यक्रमा पाँच दलिय गठवन्धमा सहभागी भएको राष्ट्रिय जनमोर्चा समेत सहभागी रहेको छ ।





































