सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको विरोध कै बीच दुई अध्यादेश स्वीकृत

481
shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकै बीचआज प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ । बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए ।

त्यसपछि सभामुख सापकोटाले बैठक अगाडि बढाए । आजको बैठकले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ ।

यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । तर उनको प्रस्ताव बहुमतले अस्वीकार गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports