सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
वि.सं.२०८१ भदौ २४ सोमवार १९:०३
shares

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत सहभागी छन् ।बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।




































