सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दूधकोसी जलविद्युत् आयोजना परीक्षणका क्रममा पाइप बिस्फोट हुँदा दुई इन्जिनियर को निधन

533
shares

सोलुखुम्बु ।  सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप बिस्फोट भएर दुई जना इन्जिनियरको निधन भएको छ।

८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परीक्षणका क्रममा हिजो आइतबार दुई जना इन्जिनियरको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
हिजो आइतबार अपराह्न भएको घटनामा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर २६ वर्षीय सुवासराज रेग्मी र कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको निधन भएको प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए।उनका अनुसार रेग्मी अछाम र थापा काभ्रेका हुन्।

घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन घाइते छन्। उनलाई आइतबार नै हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको ढकालले बताए । दुबैको शव पोस्टमार्टमका लागिआज बिहान हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल पठाइएको ढकालले बताएका  हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports