सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा लोकनाथ पौड्याल

520
shares

काठमाडौं । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा लोकनाथ पौड्यालले पदबहाली गरेका छन् । ७ पुसको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन् ।

महानगर भवनको ठेक्काको भ्रष्टाचार मुद्दाबाट उम्काइएका राजेश्वर ज्ञवाली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा सरुवा भएका छन् । पदीय जिम्मेवारी पूरा गर्दै व्यक्तिगत प्रयासबाट समूहको हित हुने काम गर्नुपर्ने पौड्यालको भनाइ थियो ।

त्यसक्रममा प्रशासन विभागका प्रमुख महेश काफ्लेले स्वागत कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवा र स्थानीय प्रशासनमा प्रमुख प्रशासकीय अधिकृत पौड्यालको अनुभवबाट काठमाडौं महानगरको सार्वजनिक छवी बढाउनमा सहयोग पुग्ने बताए ।

२०५३ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव भएका हुन् । उनले स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports