२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वविद्यालयमा हुने तालाबन्दीबारे अध्ययन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक उच्चस्तरीय आयोग गठन गर्ने

1.01K
shares

काठमाडौँ । विश्वविद्यालयमा हुने तालाबन्दीबारे अध्ययन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । बारम्बार विश्वविद्यालयहरूमा तालाबन्दी गर्ने गरिएको भन्दै त्यस विषयमा अध्ययन गर्नका लागि मन्त्रालयले उच्चस्तरीय आयोग गठन गर्न लागेको हो ।

शिक्षामन्त्री विद्या भट्टराईले लामो समयदेखिको तालाबन्दीको अभ्यास रहेको भन्दै त्यसको दीर्घकालीन समाधान खोजिनुपर्ने बताइन् । त्यसका लागि उच्चस्तरीय आयोग गठन गरेर त्यसले अध्ययन गर्ने उनको भनाई छ । हाल कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र संस्कृति विश्वविद्यालयमा तालाबन्दी छ । लामो समयदेखिको तालाबन्दी खुल्न सकेको छैन । ‘लगातार तालाबन्दी भएकाले त्यसलाई अन्त्यका लागि हामीले एउटा उच्चस्तरीय आयोग गठन गर्नुपर्छ भनेर मन्त्रालयले काम सुरु गरेको छ । त्यो आयोगको अध्ययनपछि विश्वविद्यालयमा भएको हस्तक्षेपलाई कसरी रोक्न सक्छौँ भने एउटा मापदण्ड बनाउँछौँ । त्यही अनुसार विश्वविद्यालयलाई समेत निर्देशन गर्छौ,’ मन्त्री भट्टराईले भनिन् ।

विश्वविद्यालय केही व्यक्तिहरूबाट असुरक्षित रहेको बताउँदै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । विश्वविद्यालयमा राजनीतिक दल वा सङ्गठनभन्दा पनि केही व्यक्तिहरूबाट असुरक्षित रहेको उनको भनाइ छ । ‘त्यहाँका विद्यार्थी गठन सङ्गठन, राजनीतिक दलभन्दा पनि बाहिरको केही समूहबाट असुरक्षित छ । विश्वविद्यालयलाई धम्क्याउने, काम गर्न नदिने, त्यसैको लागि त्यही बसिराख्ने गरेको देखिन्छ । त्यो अन्त्यका लागि हस्तक्षेप नै गर्नुपर्छ । जब त्यस्तो स्थिति आउँदा हस्तक्षेप नै गर्नुपर्छ,’ उनले भनिन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports