सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच दलिय गठवन्धन टुट्ने ?

507
shares


काठमाडौँ । पाँच दलिय गठवन्धन नेपाली काग्रेस ,माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा भीत्र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा एकमत हुन नसकेपछि प्रधानमन्त्री शेरवहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई फकाउन थालेका छन् । माओवादी केन्द्रको ८ औँ महाधिवेशनलाई पुष ११ गते सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले माओवादी सहितका पाँच दलिय गठवन्धन आउदो निर्वाचनसम्म सगै जाने वताएका थिए । प्रधानमन्त्री देउवाको सम्वोधन पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुहरुले चाहेको पनि त्यही हो, भन्दै सन्तोष व्यक्त गरेका थिए । त्यसवेला दाहाल, माधव नेपालले प्रधानमन्त्री देउवाको तारिफ सम्म गर्न भ्याएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको महाधिवेशन प्रस्तुत गरेको राजनितिक प्रस्तावमा एमसीसी सम्झौता अहिलेकै अवस्थामा पारित गर्न नसकिने भन्दै सम्झौतामा भएका केही प्रावधानहरु सशोधन हुनु पर्ने राष्ट्रिय सहमति कायम गरीनु पर्ने र एमसीसी सम्झौतामा उल्लेख भएका प्रावधानहरुमा जनताले उठाएका प्रश्नहरुको उत्तर दिनुपर्ने उल्लेख गरेका हुनाले प्रधानमन्त्री देउवा दाहाल प्रति रुष्ठ हुदै सघीय ससदको प्रमुख विपक्षी दल र मुलुककै ठूलो दल नेकपा एमालेका अध्यक्ष लाई फकाउनका लागि परेका छन् । केपी ओली प्रधानमन्त्री भएकै वेला एमसीसी सम्झौतालाई अघि वढाउने प्रयास गरीएपनि त्यो सम्भव नभएकाले गर्दा अहिले देउवाले नेकपा एमालेका नेताहरुसग संम्वाद गरीरहेका छन् ।

एमसीसी सम्झौतामा भएका केही प्रावधानहरु सशोधन गरी पारीत गराउन नेकपा एमाले सहमत भएको खण्डमा देउवाले पाँच दलिय गठवन्धनबाट काग्रेस वाहिरीने संकेत अध्यक्ष ओलीलाई दिई सकेको सूत्रले दावी गरेको छ । केही दिनपहिला प्रधानमन्त्री देउवाले एमालेका उपाध्यक्ष सुभाष नेमाङ्गसग गोप्य भेटघाट गरेका र देउवाले आफ्नो पार्टीका तर्फवाट कुरा अघि बढाउन काग्रेसका नेता डा. प्रकाशशरण महत ,मीन विश्वकर्मा लगायतका अन्य केही नेताहरुलाई जिम्मेवारी दिएको सूत्रले दावी गरेको छ । प्रधानमन्त्री देउवाको त्यो रणनिति थाहापाएपछि दाहाल नेपाललाई तनाव बढेको हुनाले उनीहरु अब के गर्ने भन्नेमा चिन्तित रहेको सूत्रले बताएको छ । एमसीसी सम्झौता पारित गर्न एमाले सहमत भएको खण्डमा पाँच दलिय गठवन्धन टुट्ने निश्चिित जस्तै भएको सूत्रले दावी उल्लेख गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports