सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिएको भन्दै गृह मन्त्रालयले आज १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठायो

429
shares

काठमाडौँ । गृह मन्त्रालयले आज १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओहरूलाई पत्र पठाएको छ। विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई गृहले पत्र पठाएर उक्त निर्देशन दिएको छ।

मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क बुझाउन विद्यार्थीहरूलाई दबाब दिइरहेका छन् , अतिरिक्त शुल्क नबुझाए पठनपाठनसमेत गर्न नदिने मेडिकल कलेजहरूले धम्की दिने गरेको गुनासा विद्यार्थीहरूको छ।

विभिन्न ‘जिल्लामा सञ्चालित मेडिकल कलेजहरूले विद्यार्थीसँग कानुन विपरीत अतिरिक्त शुल्क लिएरनलिएको बुझी लिएको पाइएमा त्यस्ता कलेजहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गर्न र सो को प्रतिवेदन मन्त्रालयमा पठाउन आदेशानुसार अनुरोध छ,’ गृहले पठाएको पत्रमा भनिएको छ।

यो पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगमा पनि बोर्धाथ दिएको गृहले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports