सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रेडक्रसको तदर्थ समिति भंग

455
shares

 

काठमाडौ । सरकारले नेपाल रेडक्रस सोसाइटीमा नेत्रप्रसाद तिम्सिना नेतृत्वको तदर्थ समिति भंग गरेर अर्को समिति गठन गरेको छ । पुस १४ गते बसेको मन्त्रिपरिषद बैठकले सुदर्शनप्रसाद नेपाल सभापति रहने गरी २९ सदस्यीय अर्को तदर्थ समिति गठन गरेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अदालतको फैसला अनुसार तिम्सिना नेतृत्वको तदर्थ समितिको म्याद सकिएकाले अर्को तदर्थ समिति बनाएको बताइन् । यो तदर्थ समितिको अवधि ३ महिना तोकिएको पनि उनले जानकारी दिइन् ।
विघटित तदर्थ समितिका सभापति तिम्सिनाले आइतबार विज्ञप्ति जारी गरी राष्ट्रिय राजनीतिमा भएको वेथिती र विसंगतिलाई रेडक्रस जस्तो मानवीय संस्थामा प्रवेश गराएर सरकारले बिडम्बनापूर्ण र खेदजनक काम गरेको आरोप लगाएका छन ।
‘अमूक दलहरु विभाजन हुँदा वा गुट र उपगुटमा परिणत हुँदा अभिव्यक्त हुने नेता र कार्यकर्ताको त्तिक्ततापूर्ण सम्वन्धको रिस रेडक्रसमा फेर्ने काम भएको छ’ उनले भने ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले सञ्जीव थापा नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति विघटन गरेर तिम्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports