सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले पेश गरेका २३६ जनाभित्र को को परे ?

442
shares

 

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम बन्दसत्रमा पेश गरेका छन् । आइतबार बन्दसत्रमा प्रचण्डले पेश गरेको नाम हलले तालीका साथ अनुमोदन गरेको छ । प्रचण्डले ६३ सिट खाली गरेर खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् ।
खुलातर्फ आफ्नो नाम २३ नम्बरमा उल्लेख गरेका प्रचण्डले पुरानो केन्द्रीय समितिका प्रायः सबै नेताहरुलाई क्लस्टरसहितको प्यानलमा समेटेका छन् भने केही नयाँलाई समेत समेटेका छन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको २३६ सदस्यीय कमिटीलाई महाधिवेशनले अनुमोदन गर्न आग्रह गरेपछि प्रतिनिधिहरुले ताली पड्काएर त्यसलाई अनुमोदन गरेका थिए ।
बाँकी रहेका सदस्यहरु पनि चाँडै पूर्ति गरिने र कमिटीलाई पूर्णता गरिने प्रचण्डले बताए । अब सोही कमिटी भित्रबाट पदाधिकारीको चयन हुनेछ । उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा सहमति जुटेन भने केन्द्रीय कमिटीमा मतदान हुनेछ । आइतबार बन्दसत्रमा प्रचण्डद्वारा प्रस्तुत केन्द्रीय कमिटीको नामावली यस्तो छ–
खुलातर्फ
खगराज भट्ट, माधव सापकोटा, युवराज दुलाल, लेखनाथ न्यौपाने, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर, जोखबहादुर बर्बरिया, राजु खड्का, प्रकाश पोखरेल, भरतकुमार शाह, अशोक मण्डल, युवराज भट्टराई, अजयशंकर नायक, ईश्वरी भट्टराई, सुनील मानन्धर, हरिबोल गजुरेल, प्रचण्ड, सुदन किराती, किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, कृष्णबहादुर महरा, रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी तिलक शर्मा, शुकबहादुर रोका, डोरप्रसाद उपाध्याय, कुलप्रसाद केसी, गणेशमान पुन, गजेन्द्र महत, महेन्द्र बहादुर शाही, रामदीप आचार्य। रामकुमार शर्मा, शक्तिबहादुर बस्नेत, टेकबहाुदर बस्नेत, जनार्दन शर्मा, कालीबहादुर मल्ल, कृष्ण्ध्वज खड्का, वर्षमान पुन, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, डिलाराम आचार्य, लिलामणि पोखरेल, सुरेश कुमार आले मगर, हितराज पाण्डे, हितबहादुर तामाङ, दिनानाथ शर्मा, पम्फा भुसाल, देव गुरुङ, अमर गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, महेन्द्र पासवान, गोपी अछामी, श्रीराम ढकाललगायत ।

दलिततर्फ
विष्णु बहादुर बिक, जगत पार्की, सुवोध श्रीपाइली, पार्वती बिक, अञ्जना विशञ्खे, गीता नेपाली, धनमाया बिक, लक्ष्मी बिक, शान्ति नेपाली, दुर्गा बिक, सीता गहतराज, पम्फा बसेललगायत ।

खस आर्यतर्फ ९पुरुष, महिला र युवा०
नारायण दाहाल, सूर्य सुवेदी, धीरेन्द्र शर्मा बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवेन्द्र पराजुली, हरिराज अधिकारी, विजय भण्डारी, दुर्गा चापागाईँ, दानबहादुर सोडारी, यशोदा न्यौपाने, विमल सिंह, दीपा सिंखडा, गीता सुवेदी, कृष्ण शाही, अम्बिका बुढाथोकी, गोमा कुँवर, रुकु चौलागाईं, रुक्मिणी गौतम, हरिमाया शर्मा, आशा कोइराला, सीता पोख्रेल, कल्पना धमला, गंगा बेल्बासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशीला चापागाईँ, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्या पहाडी, समिता कार्की, सुशीला सिंखडा, दीपा सिंखडा, ज्ञानु बस्नेत, लक्ष्मी न्यौपाने, मञ्जु बमलगायत ।

थारुतर्फ ९पुरुष,महिला र युवा०
शन्तकुमार चौधरी, एकनारायण चौधरी, रुपा चौधरी, अञ्जना चौध्री, अञ्जु चौधरी, दीपा चौधरी, कृष्ण चौधरी, रामकुमारी चौधरीलगायत ।

आदिवासी जनजातितर्फ ९पुरुष, महिला र युवा०
अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर मगर, जीतबहादुर योञ्जन, दीपेन्द्र पुन मगर, अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, तारा घर्ती, पार्वती थापा, लक्ष्मी पुन, सरिता तामाङ, प्रतिभा पुन, उर्मिला लामा, लालकुमारी पुन, मधु खापुङ, सीता थेवे, इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्ती मगर, बीना मगर, आर तामाङ, कमला पहाडी लगायत ।

मधेसीतर्फ
रामकुमार यादव, उपेन्द्र मेहता, बोधमाया कुमारी यादव, सुनीताकुमारी महतोलगायत
अपाङ्गतर्फ
चूडामणि खड्का, घनश्याम यादव, चम्पा कार्कीलगयात
मुस्लिमतर्फ
हकिकुल्लाह मुसलमान, अरु पछि चयन हुन बाँकी ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports