विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फरार मन्त्रीका छोरा ज्यान मुद्धामा पक्राउ

728
shares

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले हिजो पक्राउ गरेको छ ।सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिएका हुन् ।

हामीले सवारी ज्यान मुद्दामा हिजो उहाँलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेका छौं,’ डीएसपी जोशीले भने ।

डीएसपी जोशीकाअनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्युु भएको थियो ।

घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युुपछि भने सम्पर्कविहीन भएका थिए । घाइतेको निधान पछि सम्र्पक विहिन भएकाले उनलाई पक्राउ गरिएको र अहिले अनुसन्धान कै क्रममा रहेको डीएसपी जोशीले बताएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports