kumari
stcnepal

फरार मन्त्रीका छोरा ज्यान मुद्धामा पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले हिजो पक्राउ गरेको छ ।सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिएका हुन् ।

हामीले सवारी ज्यान मुद्दामा हिजो उहाँलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेका छौं,’ डीएसपी जोशीले भने ।

डीएसपी जोशीकाअनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्युु भएको थियो ।

घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युुपछि भने सम्पर्कविहीन भएका थिए । घाइतेको निधान पछि सम्र्पक विहिन भएकाले उनलाई पक्राउ गरिएको र अहिले अनुसन्धान कै क्रममा रहेको डीएसपी जोशीले बताएका छन् ।

 

footer