सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यी हुन् माओवादी केन्द्रमा सदस्य रहेका एकै परिवारका श्रीमान् – श्रीमती

507
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट हिजो निर्वाचित केन्द्रीय कमिटीमा एकै घरका श्रीमान-श्रीमती नेताहरूको पनि उपस्थिति छ। खुल्लाबाट केन्द्रीय सदस्य बनेका हितमान शाक्यको  नै केन्द्रीय कमिटीमा छन्। शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्य बनेकी छन्।

साथै गणेशमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय कमिटीमा समेटिए। खुल्लाबाट गणेशमान केन्द्रीय सदस्य बन्दा उनको श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्य भइन्।

पूर्वमन्त्री वर्षमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय कमिटीमा परेका छन्। वर्षमान खुल्लातर्फबाट केन्द्रीय सदस्य बन्दा उनको श्रीमती ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनिन्।

कुलप्रसाद केसी र ताराकुमारी घर्ती पनि केन्द्रीय सदस्य भए। केसी खुल्लाबाट केन्द्रीय सदस्य बने भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्य भइन्।साथै कृष्णध्वज खड्का र रेखा शर्मा पनि एकै घरबाट केन्द्रीय समिति सदस्य बने। खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय सदस्य भएका हुन्।

पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती सत्या पहाडी केन्द्रीय सदस्य भएका छन्। बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा उनको श्रीमती सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय सदस्य भइन्।

त्यस्तै देवेन्द्र पौडेल र बलावती शर्मा पनि एकै घरबाट केन्द्रीय सदस्य भए। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्य भइन्।

देव गुरुङको श्रीमान् श्रीमती नै केन्द्रीय सदस्य बने। उनकी श्रीमती यशोदा गुरुङ सुवेदी पनि खुल्लाबाट समेटिएकी छन्।

साथै दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय सदस्य भए। नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै जना केन्द्रीय सदस्य भए। पोखरेल खुल्लातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बने।

साथै देवेन्द्र पराजुली र कल्पना धमला पनि केन्द्रीय सदस्य भए। पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय सदस्य भएका हुन्।

माओवादीको आइतबार सकिएको महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports