२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय हुने फैसला

780
shares

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर अनि सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले उनलाई कैदका साथै तीन करोड ४२ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । फैसला अनुसार पौडेलले त्यति नै रकम बिगो तिर्नुपर्नेछ । विशेष अदालतले पौडेललाई १४ कार्तिकमा दोषी ठहर गरेर सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको थियो ।

विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्ष कैद र त्यति नै बिगो र जरिवाना तोकेको छ ।उनीहरू अन्तशुल्क स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा दोषी ठहर भएका हुन् । अख्तियारले विकलसहित १२ जना विरुद्ध ९ असारमा मुद्दा दायर गरेको थियो । यही मुद्दामा प्रतिवादी बनाइएका निवर्तमान मुख्यसचिव डा. बैकुण्ड अर्याल लगायतले भने सफाइ पाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports