नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जलश्रोतको विषयमा पर्याप्त राष्ट्रिय बहस नभएको र साझा धारणा बन्न नसक्नु विडम्बना : कमल थापा

806
shares

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको विषयमा पर्याप्त राष्ट्रिय बहस नभएको र साझा धारणा बन्न नसक्नु विडम्बना भएको बताएका छन् ।

आज पार्टीद्वारा आयोजित “नेपालमा जलश्रोतको चुनौती र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कुनै एउटा मुलुकको स्वार्थ पूर्तिका लागि मात्र नेपालको जल सम्पदा प्रयोग हुने विषय प्रधान हुन नसक्ने भन्दै पूर्व ऊर्जा मन्त्री समेत रहेका थापाले दीर्घकालीन नीति तर्जुमा गर्न राज्य असफल भएकोमा चिन्ता व्यक्त गरे ।जल सम्पदाको समुचित सदुपयोग गर्नको लागि नीति बन्न नसक्नु सिचाइको क्षेत्रलाई ओझेलमा पारिएको , राजनीतिक दलहरूमा यति धेरै महत्त्वपूर्ण इस्युमा बहसको न्यूनता रहनु, राष्ट्रिय हित र स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्ने साहसिक र भिजनरी नेतृत्वको अभाव समेत रहनुले पनि जलश्रोत क्षेत्रमा समस्या रहेको चर्चा गरे ।

कार्यक्रममा जलश्रोत विज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले चुनौती र समाधान बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।उपाध्यायले राजनीतिकरणको चपेटा र कमिसनको खेलले नेपालको जलश्रोत क्षेत्र तहसनहस भएको बताए । विदेशीहरूको स्वार्थ केन्द्रित भएर नेपालका दलहरू सक्रिय हुनु मुलुकको स्वाभिमान र स्वाधीनताको लागि हितकर नभएको उनले चर्चा गरे । कार्यक्रममा पूर्व सचिव, विज्ञ, सञ्चारकर्मी र सरोकारवालाहरूले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी सहित आफ्नो धारणा राखेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports