२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपामाथि संकट

1.11K
shares

 

काठमाडौ । रास्वपाका सभापति रवि लामिछाने माथि सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि उनको सांसद पद स्वत निलम्बनमा परेको छ । लामिछाने सांसदबाट निलम्बन भएपछि रास्वपाका संसदीय दलको नयाँ नेता चुन्नुपर्ने बाध्यता रास्वपालाई आइपरेको छ । प्रतिनिधिसभाको सदस्यका रुपमा भूमिका पूरागर्न अयोग्य व्यक्ति कुनै पनिराजनीतिक दलको सभापति भैरहन मिल्छ कि ल्दिैन भन्ने प्रश्न समेत खडा भएको छ ।
लामिछाने माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा कास्की जिल्ला अदालतमा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण मनि लाउन्डिङ निवारण ऐनको दफा २७ मा उल्लेख गर्दे लामिछानेको विषयमा प्रहरीले संघीय संसदको सभामुखलाई पत्र पठाएको छ ।
ऐनको दफा २७ मा भनिएको छ, प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकरी वा कर्मचारी वा राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेमा त्यसरी थुनामा रहेको अवधि र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएमा सो मुद्दाको किनारा नभएम्म त्यस्ता कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वत निलम्बन भएको मानिने, भन्ने उल्लेख भएकाले गर्दा रवि स्वत निलम्बनमा हुन सक्ने भएकाले गर्दा रास्वपाले पार्टी सभापति र संसदीय दलको नेता थुन्नुपर्ने अवस्था देखिएको छ ।
लामिछानेको सभापति पदमाथि नै अहिले प्रश्न उठेको मात्र छैन, नैतिक प्रश्न समेत उठेको छ । पार्टी गठन गर्दा रास्वपाले पूराना पार्टी भन्दा फरक ढँगले र फरक कार्यशैलीमा चल्ने भनेर गठन भएको पार्टीका सभापति नै अभियुक्त भएकाले अवस्थामा जनतामा अब कस्तो सन्देश जाला ? अभियोग लागेका व्यक्ति सांसदका रुपमा काम गर्न नपाउने भएपनि सांसदहरु रहेको राजनीतिक दलको प्रमुख हुन नपाउने भन्ने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनमा उल्लेख नभएकाले गर्दा रास्वपाले रवि लामिछानेलाई नै सभापतिमा राखि राख्न सक्छ । तर, अभियोग लागेका व्यक्तिले सफाई नपाएसम्म पदमा रहिरहनु भनेको फरक ढँगले पार्टी सञ्चालन गर्दछौँ भनेर आफैँले घोषणा गरेको प्रतिवद्धता विरुद्धको कार्य हो भन्ने प्रश्न समेत उठ्न सक्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports