फूलचोकीको जंगलबाट हराएका १३ जना प्रहरीको सम्पर्कमा
वि.सं.२०८१ पुस ९ मंगलवार ०९:४९
shares

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फूलचोकी जंगलबाट हराएका १३ जना व्यक्ति प्रहरीको सम्पर्कमा आएका छन् । सोमबार फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।
ललितपुरका एसएसपी शेखर खनालका अनुसार हराएका १३ जनानै प्रहरीको सम्पर्कमा आइसकेका छन् । ‘उनीहरू सम्पर्कमा आएका छन्,’ एसएसपी खनालले भने, ‘प्रहरी सहितको टोलीले अहिले उनीहरूलाई ल्याउँदैछ ।’
फूलचोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गर्छ । २७६१ मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडा हो ।































