सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री पौडेल भक्तपुरस्थित काठमाडौं मेडिकल कलेजमा

442
shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मेडिकल कलेजको अनुगमन गर्दै एमबीबीएस पढ्ने विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका छन् ।

अनुगमनको क्रममा मन्त्री पौडेलले कलेज प्रतिनिधिलाई भने, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुन लाग्छ ।’ मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेश गर्न पनि निर्देशन दिएका छन् ।

आन्दोलनरत विद्यार्थीका प्रतिनिधि, कलेज प्रशासन र जिल्ला प्रशासन कार्यालयलाई वार्तामा बसेर समस्याको समाधान खोज्न मन्त्री पौडेलले आग्रह गरे । मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भोली शुक्रबार बिहान वार्ता हुने बताएकी छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports