सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तोकियो उखुको मूल्य

533
shares

काठमाडौं ।मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषद्ले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको छ । कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको थियो ।

तोकिएको समर्थन मूल्यमध्ये ५२० रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान उपलब्ध गराउने छ । गत वर्षभन्दा सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल करिब ४६ रुपैयाँ बढाएको छ । किसानले ६५० रुपैयाँ तोकिनुपर्ने माग गर्दै आएका थिए ।

सरकारले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७६र७७ का लागि ५३६ रुपैयाँ ५६ पैसा तथा आर्थिक वर्ष २०७५र७६ को लागि पनि त्यति नै मूल्य कायम गरिएको थियो । किसानहरुले भने मूल्य नतोक्दै यसअघिबाटै उद्योगीलाई उखु बेच्न थालिसकेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports